औलो प्रभावित क्षेत्रमा दशदिने अभियान



Download our app to get more features

बनियानी (झापा), ३० चैत । औलो प्रभावित क्षेत्र झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारीमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाले औलो निवारणका लागि मङ्गलबारदेखि १० दिने अभियान सुरु गरेको छ । 

झापाको सबैभन्दा बढी औलो रोगी रहेको पाठामारीमा ‘औलो रोग निवारणका लागि वातावरण सरसफाइ तथा व्यवस्थापन अभियान’ सुरु गरिएको भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिए । 

अभियानअन्तर्गत पशुपति आधारभूत विद्यालय पाठामारीको हाताभित्र रहेको खाल्डाखुल्डी पुरिनाका साथै झारपात नष्ट गरिएको थियो । 

दशदिने अभियानमा पाठामारी क्षेत्रमा रहेका सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी पुर्ने, ब्लिचिङ पाउडर छर्कने कामका साथै आसपासका क्षेत्रमा रहेका झारपात नष्ट गर्ने कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत जीवन चौलागाईंले जानकारी दिए । 

पाठामारी झापाको सबैभन्दा बढी औलो रोग प्रभावित क्षेत्रमा पर्छ । आव २०७२/७३ मा यस क्षेत्रमा १६ जना औलो रोगी फेला परेका थिए भने चालु आवमा चारजनामा औलो फेला परेको छ । रासस
 

Last modified on 2017-06-18 15:19:32

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts