के हो कलेजो प्रत्यारोपण ? कसरी गरिन्छ ?
नेपाल र भारतमा मृत्यु हुने प्रमुख २० कारणमध्ये नवौं स्थानमा रहेको लिभर (कलेजो)को समस्या हो । चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म कलेजोको समस्या समाधान गर्न सजिलो पनि भएको छ ।
मोटोपन, मधुमेह रोग, अनुचित आहार र सुस्त जीवनशैलिको कारणले कलेजोमा बोसो जम्मा हुन जान्छ जसको कारणले (जाँड रक्सी बिनाको) ननअल्कोहलिक कलेजोको बिरामी हुनसक्छ । अतः कलेजो बिग्रन जान्छ । कलेजोको समस्या कुनै पनि उमेरकालाई हुनसक्छ ।
नवजात पीडित बच्चालाई हेपाटाइटिसले गर्दापनि कलेजो रोग लाग्ने गर्छ । जाँड रक्सी पिउने मान्छेलाई ३०/४० वर्षको बीचमा यो रोग लाग्न सक्छ । कलेजो प्रत्यारोपणको औषत आयु ६५ वर्ष हो । तर व्यक्तिको गतिविधिमा पनि निर्भर हुन्छ । कहिलेकाहीँ कलेजोले काम नै गर्दैन (लिभर फेल) त्यतिबेला कलेजो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।
कलेजो प्रत्यारोपण
स्वस्थ लिभर, जीवित डोनर, उसको हालमा मृत्यु (वे्रन डेथ) भएको तर कलेजोको समस्या नभएको व्यक्तिबाट कलेजो प्रत्यारोपणका लागि दाता प्राप्त गर्न सकिन्छ । आमाशयको माथिल्लो भागमा चिरेर बिग्रेको कलेजो हटाउन सकिन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गर्न सकिन्छ । र रक्तनली एवं वाइल डक्ससँग जोड्न सकिन्छ । प्रत्यारोपणको उपचार गर्न झण्डै १२ घण्टाको समय लाग्नसक्छ ।
कलेजो प्रत्योरोपण कसलाई जरुरी
- जाँड रक्सीको कारणले विग्रेको कलेजो (अल्कोलिक सिरोसिस)
- लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी)
- जन्मजात कलेजो र वाइल डक्ट विकृति (विलरी अर्टिसीया)
- एक्युट लिभर (कलेजो) फेलियर
कलेजो क्यान्सरको रुप
प्रत्यारोपणमा बिग्रेको कलेजोलाई हटाउनको लागि अथवा सामान्य डोनर कलेजोसँग बदल्नको लागि ठूलो शल्यक्रिया हुन्छ । जसमा आमाशयको माथिल्लो भागमा सामान्य स्थितिमा राखिन्छ । अप्रेशन पूरा हुन झण्डै ६ देखि १२ घण्टाको समय लाग्न सक्छ । अप्रेशन गर्दा कम्तिमा ३ जना सर्जन, २ जना एनेस्थेटिक्स र आधा दर्जन नर्सको आवश्यकता पर्छ ।
बिग्रेको कलेजोको चार प्रमुख रक्तनलीलाई बिच्छेदित गरिन्छ । र कलेजोबाट अन्त शरीरमा वाइल लैजाने ट्युवलाई बिच्छेद गरिन्छ । जसलाई वाइल डक्ट भनिन्छ । त्यसपछि नयाँ कलेजोलाई त्यसको स्थानमा राखिन्छ र अप्रेशन पूरा गर्न प्रमुख रक्तनलिलाई र वाइल डक्टलाई पुनः जोडिन्छ ।
कस्तो व्यक्ति हुनसक्छ डोनर
- नातागोताजीवनसाथी /
- स्वास्थ्य पूर्ण स्वस्थ भएको
- १८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम उमेरको हुनुपर्छ ।
- शरीरको बडी मास इन्डेक्स सामान्य हुनु आवश्यक छ ।
- कलेजोको डोनर मोटो हुनु हुँदैन ।
डोनर हुनको लागि
- हेपाटाइटिस बि./सी. हुनु हुँदैन ।
- एचआईभी संक्रमण हुनु हुँदैन ।
- जाँडरक्सी अत्याधिक सेवन गर्ने हुनु हुँदैन ।
- लागुपदार्थ सेवन गर्ने हुनु हुँदैन ।
- मानसिक बिरामी हुनु हुँदैन ।
- परिवारको कुनै पनि सदस्य वा पुर्खामा क्यान्सर हुनु हुँदैन ।
सफलता प्रतिशत
हिजोआज जीवित व्यक्तिको शरीरबाट कलेजोको एक टुक्रा काटेर पीडित व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सम्भव छ । डोनर प्रत्यारोपण कलेजोको आकारको आधारमा दायाँ भाग –लगभग (३५–४०%) र दाँया भाग ६०–६५ % निकालिन्छ । डोनरको शरीरमा रहेको कलेजोको भाग ६–८ हप्तामा आफै मौलिक अकारमा आउँछ । परीक्षण र सर्जिकल प्रकृयाबाट सम्बन्धित समाचार हुन र डोनरको मृत्यु आशंका ०.२–०.५% सम्म हुन्छ ।
क्याडेबर प्रत्यारोपणको स्थितिमा
बेलायत र अमेरिकामा यो प्रचलन रहेको छ । दुर्भाग्यवस नेपाल भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन छ । आफ्नो संचार समूहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२–३६ महिनासम्म लाग्छ । यो समयको दौरानमा व्याक्टेरियाको समस्याले संक्रमणको ब्याक्टेरियल पेरिटोनिटिस जस्तो समस्या देखिन सक्छ र बारम्बार भएमा समस्या आउन सक्छ । कलेजो काम नगर्ने परिस्थितिमा कलेजोले सुचारु कार्य नगर्दा धेरै समस्याहरु आउँछन् । जसमा कुपोषण, रक्तअल्पता, आमशयबाट रक्तश्राव, पोलियो, मष्तिष्क र किड्नी संक्रमण हुन सक्छ ।
Email:[email protected]
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>