गर्मीमा फ्रिजको पानी पिउँदा ख्याल गर्नुहोस्



Download our app to get more features

हामी जो कोही पनि गर्मीमा बाहिरबाट घर आउनासाथ गर्मी हटाउन फ्रिजको चिसो पानी पिउने गर्छौं । जसले स्वास्थ्यमा अस्थाई रुपमा राहत दिएपनि नियमित रुपमा अत्याधिक चिसो पानी पिउँदा शरीरमा दीर्घकालीन असर पनि पर्न सक्छ । 

पाचन प्रक्रियामा समस्या
चिसो पानीले खानाको पाचन प्रक्रियामा बाधा उत्पन्न गराउँछ । अत्याधिक चिसो पानी पिउँदा रक्त सञ्चारमा अवरोध हुने भएकाले पाचन प्रक्रियामा पनि समस्या उत्पन्न हुने चिकित्सकहरु बताउँछन् । लामो समयसम्म खाना नपचेमा खानाको पोषण तत्व नष्ट भएर शरीरलाई हानी गर्छ ।

पोषण तत्व नष्ट गर्छ 
सामान्यतया स्वस्थ मानिसको शरीरको तापक्रम ३७ डिग्री हुन्छ । गर्मी महसुस गरेर कसैले फ्रिजमा राखिएको पानी पिउँछ भने उसको तापक्रम नियमित गर्न शरीरको केही उर्जा खर्च हुन जान्छ । अन्यथा उर्जाको उपयोग पाचन तथा पोषण तत्वको शोषणका लागि हुन्छ । जसका कारण चिसो पानी पिउनाले शरीरको पोषण तत्व कम हुन्छ ।  

घाँटीमा समस्या उत्पन्न हुनु  
नियमित रुपमा चिसो पानी पिउँदा श्वरतन्त्रमा समस्या आउँछ । जसले श्वरतन्त्रमा सन्तुलन बिग्रिएर विभिन्न ब्याक्टेरियाको संक्रमण पनि हुन सक्छ ।  

हृदयको गति कम हुनु
चिसो पानी पिउँदा हृदयको गति कम हुन जान्छ । एक अध्ययनका अनुसार चिसो पानी पिउँदा मुटुका धमनीहरु अनावश्यक रुपमा उत्तेजित हुन्छन् । जसले शरीरको अनैच्छिक कार्यको नियन्त्रण गर्छ । यसले हृदयको गति कम हुन जान्छ ।

एजेन्सीको सहयोगमा

Last modified on 2017-06-18 15:23:04

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts