पूर्वराजा छोरीको स्वास्थ्य अवस्था बुझ्न नर्भिकमा
काठमाडौँ, २८ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह छोरी प्रेरणा शाहको स्वास्थ्य अवस्था बुझ्न थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् ।
गत शुक्रबार मस्तिष्कमा समस्या देखिएपछि प्रेरणालाई अस्पताल भर्ना गरिएको थियो । वरिष्ठ न्युरोलोजिष्ट डा. पंकज जलानको समुले प्रेरणाको उपचार गरिरहेको अस्पताल जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । रासस
Last modified on 2017-06-18 15:23:36
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।