खाडी मुलुकमा जाने मानिसलाई किन मिर्गाैला रोग बढी लाग्छ ? (भिडियो सहित)



Download our app to get more features

धेरै नेपाली युवा रोजगारीको लागि खाडी मुलुकमा जाने गरेका छन् । उनीहरुमध्ये अधिकांश मिर्गाैला रोग  लिएर नेपाल फर्कने गरेका छन् । वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डाक्टर विष्णु पहारीका अनुसार खाडी मुलुकमा काम गर्न जाने व्यक्तिमा मिर्गाैला रोगको जोखिम यसर्थ बढी हुन्छ...

नेपाल विकासोन्मुख देश हो । विविध कारणले चाहेर पनि यहाँ सबैले रोजीरोटी टार्न सक्ने वातावरण छैन । आफु र आफ्नो घर परिवारको सुन्दर भविष्यको कल्पना गर्दै रोजगारीको लागि विदेशीनीको संख्या उल्लेख्य छ । 

विशेष गरी कामको लागि खाडी मुलुकमा गएका युवामा मिर्गौलाको समस्या बढी देखिने गरेको छ । 

खाडी मुलुकमा मिर्गौलाको समस्या देखिने प्रमुख कारण यस्ता छन् :
१. प्रतिकूल वातावरणका कारण मिर्गाैलामा शरीरलाई बिगार्ने तत्व निस्केर समस्या आउने ।
२. गर्मीका कारण पिसाबमा प्रोटिन जाने ।
३. पिसाबमा रगत जाने ।
४. शरीरमा पानीको मात्र कम हुँदा ।
५. केमिकलहरुको काम बढी गर्दा ।
 ६. नेपालमै हुँदा स्वास्थ्य परीक्षण गर्दा मृगौलामा केही समस्या देखिँदा देखिँदै पनि वास्ता नगरे जाने ।

मिर्गौलामा समस्या आए यस्ता लक्षण देखिन्छन् :
१.पिसाब गर्दा फिज जस्तो जाने ।
२. छिटो–छिटो पिसाब लाग्ने ।
३.पिसाब पहेँलो हुने ।
४.भिडियो एक्सरे गर्दा मिर्गाैलाको आकार सानो, सेतो देखिने । 

बच्ने उपाय :
मिर्गाैला रोग लागिसके पछि वा लागेको धेरै समय पछि मात्र थाहा पाइन्छ । सुरुवाती चरणमै लक्षण थाहा पाउन निकै जटिल हुन्छ । यसर्थ यसको लागि सबैभन्दा उत्तम उपाय भनेको वर्षको कम्तिमा एकपटक मिर्गाैला परीक्षण गर्नु हो ।

खाडी मुलुक नेपालको तुलानामा गर्मी ठाउँ हो । त्यसमाथि कामको सिलसिलामा झनै गर्मीको अनुभूत हुन्छ । कमाउन जाने भएकाले धेरैले शरीरलाई आवश्यक पर्ने पोषण तत्व खाएको पाइँदैन । सम्भव भएसम्म खानामा ध्यान दिनुपर्छ । प्रशस्त पानी पिउनु पर्छ । 

कुनैपनि काम गर्दा लामो समय शरीरलाई बोझ पर्ने काम नगर्दा खाडी मुलुकमा जाने युवालाई मिर्गाैला रोग लाग्नबाट बचाउन सकिन्छ ।

भिडियो हेर्नुस् । 

Last modified on 2017-06-18 15:30:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts