सुपर मार्केट जाँदै हुनुहन्छ भने सावधान ! विभिन्न रोगले समात्ला



Download our app to get more features

तपाईँ सपिङ मल वा सुपर मार्केट कतिको जानु हुन्छ ? महिनामा एक पटक, दुई पटक वा त्यो भन्दा बढी । जतिबेला मन लाग्यो त्यति बेला सपिङ गर्न मल वा सुपर मार्केट जाने गर्नु भएको छ होला । यदि सुपर मार्केट र मलमा गइराख्नु हुन्छ भने अब सावधान हुनुस् । किनकी तपाईँ जाने सुपर मार्केट र मलबाट तपाईँले सोचेभन्दा र तपाईँको चर्पीभन्दा पनि धेरै किटाणुहरु आफूसँग लिएर घर आउनुहुन्छ ।

विशेषज्ञहरुका अनुसार, तपाईँ जाने मल र सुपर मार्केटमा यति धेरै हानिकारक सूक्ष्म किटाणुहरु हुन्छन् जुन हाम्रो शरीरमा सजिलै प्रवेश गर्छ र हामी बिरामी हुन्छौँ ।

अमेरिकाको यूनिभर्सिटी अफ ऐरिजÞोनाका माइक्रोबायोलोजिस्ट चार्लस् गेरबाका अनुसार, यस्ता धेरै नै माध्यमहरु छन् जसको सहयोगले ती सूक्ष्म जीवहरु हाम्रो हामीलाई थाहै नदिई हाम्रो घर हुँदै शरीरमा प्रवेश गर्छ । गेरबा भन्छन्, सबैभन्दा बढी हानिकारक कीटाणु शपिङ सेन्टर र सुपर मार्केटको ट्रलीको ह्यान्डलमा हुन्छन् । साथै सबैभन्दा बढी कीटाणुहरु बस्ने ठाउँ माछा मासुको कन्टेर भएको स्थान हुन्छ, किनकी त्यहाँ कीटाणु तिव्र गतिमा फैलन्छ ।

चार्ल्स गेरबाका अनुसार, हामीले सँधै एउटा कुरा याद राख्नु आवश्यक छ, जुन बेला हामी घरको लागि सामान किन्न सुपर मार्केट वा मल जान्छौँ त्यहाँ हामीले शपिंग ट्रलीको प्रयोग गर्छौँ । त्यो ट्रलीको ह्यान्डललाई सफा नगरिकन प्रत्येक एक पछि अर्को व्यक्तिले छुन्छ जसले गर्दा त्यसमा अत्यधिक मात्रामा कीटाणुको आदान प्रदान हुने गर्छ । जुन हामीलाई थाहा हुन्न र त्यस्ता किटाणुको सम्पर्कमा आएपछि हामी बिरामी हुने गर्छौँ । 

किटाणुको सम्पर्कमा आएपछि हामीलाई विभिन्न किसिमका रोगहरुले सताउन थाल्छ । जस्तै ः झाडापखाला, पेट दुख्ने, छाला चिलाउने, रुघाखोकी लाग्ने, क्षयरोग लगायत अन्य रोगहरु किटानुको सम्पर्कमा आउनाले लाग्ने गर्छ । त्यसैले अबदेखि मल वा सुपर मार्केट जाँदा ख्याल गर्नुस् । किनभने किटाणुको सम्पर्कमा आयौँ भने प्राणघातक रोगले नी समात्न सक्छ । त्यसैले स्वस्थ रहन बेलैमा सावधान होऔँ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2017-06-18 15:34:36

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts