पशुपतिनाथका ‘रोग सार्ने बाँदर’ व्यवस्थापन गर्न सर्वोच्चको आदेश, विकासकोषले जनायो आपत्ति
काठमाण्डौ, २७ चैत । अध्ययनहरुको हवाला दिँदै काठमाडौँको पशुपति, स्वयम्भु र थापाथली क्षेत्रका बाँदरमा क्यान्सर, एचआइभी एड्स लगायत मानवलाई सर्नसक्ने खतरनाक रोगहरु भएको देखिएको विषय चर्चामा आएसँगै सर्वोच्च अदालतले बाँदरमाथि अध्ययन र नियन्त्रण गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता मधुर पाठकले ती क्षेत्रमा रहेका बाँदरहरको नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । पशुपति क्षेत्रमा भक्तजन र पर्यटको बढि भिड हुने र उक्त क्षेत्रका बाँंदरको आक्रमणबाट विभिन्न रोग सर्ने कुरा बाहिर आउँदा पनि सरकार मौन रहेकाले रिट दायर गरिएको अधिवक्ता पाठकले बताए ।
अमेरीकाका पाँचवटा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालयको संयुक्त टोलीले केहि समय अघि गरेको अनुसन्धानमा पशुपति र स्वयम्भुका अधिकांश बाँदरहरुमा मानव जातीमा सर्ने खतरनाक रोगहरु भेटिएको दावी गरिएको छ । अनुसन्धान गरिएका बांँदरमा क्यान्सर, एचआइभी एड्स, रेबीज लगायतका पाँंचरोगहरु मानिसमा बढि सर्ने खतरा रहेको औल्याँइएको छ । ती क्षेत्रमा रहेका बाँदरहरुको टोकाईबाट दैनिक पांँचभन्दा बढि बिरामी शुक्रराज ट्रफिकल तथा सरुवारोग अस्पताल पुग्ने गरेका छन ।
शुक्रराज ट्रफिकल अस्पतालका डा शेरबहादुर पुनले, अमेरिकन अध्ययनकर्ताहरुले मानिसमा सर्न सक्ने रोगहरु बाँदरहरुमा पनि हुन सक्छ भन्दै ती क्षेत्रका लगभग ४० देखि ५० वटा बाँदरमाथि नमूना परीक्षण गरेको बताए । उनले, जसको परिणाम अनुसार एचआईभी एड्स, रेबिज, क्यान्सर जस्ता खतरनाक रोगहरु पत्ता लागेपछि यो अध्ययनलाई सार्वजनिक गर्दै सबै पक्षलाई सचेत गराएको पनि उनको भनाइ छ ।
यता, बाँंदरको अनुसन्धानकर्ता र पशुपति विकास कोषबीच बांँदरकै विषयमा विबाद सुरु भएको छ । अनुसन्धानकर्ताले पशुपतिमा रहेका बांँदरमा खतरनाक रोग पत्ता लागेकाले उक्त क्षेत्रका बाँदरको व्यावस्थापन पशुपति विकास कोषले गर्नुपर्ने माग गरेका छन । तर, पशुपति विकास कोषले भने यो अनुसन्धानले पशुपतिमा दर्शन गर्न आउने भक्तजन र पर्यटकमा असर पुग्ने भन्दै विरोध गरेको छ ।
पशुपति विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले अध्ययनमा आएको कुरा गलत भएको र पशुपतिनाथमा आउने भक्तजन घटाउने उद्देश्यले अफवाह फैलाइएको जिकिर गरे । उनले भने ‘एकथरी पशुपतिनाथको गरिमा र महत्व घटाउन खोजिरहेका छन् । अनाहकमा पशुपतिका दर्शनार्थी र पर्यटकलाई भड्काउन यस्तो गलत तथ्य सार्वजनिक गरिएको छ, यसप्रति हाम्रो असहमति छ ।’
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>