निलम्बनमा परेकी डा. नूतनका बारेमा अल्का अस्पताल बोल्यो (विज्ञप्ति सहित)

What's This?


Download our app to get more features

काठमाण्डौ, २६, चैत । अवैध गर्भपतनलाई प्रोत्साहन र सहजीकरण गरेको अभियोग पुष्टि भएसँगै निलम्बनमा परेकी अल्का अस्पताल ललितपुरकी स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. नूतन शर्माका बारेमा अस्पतालले मुख खोलेको छ । 

गत साउनमा उच्च अदालत पाटनले (तत्कालिन पुनरावेदन अदालत) डा. नूतनमाथि परेको उजुरीमा नेपाल मेडिकल काउन्सिलले तीन महिना निलम्बन गर्ने गरी गरेको निर्णयलाई सदर गर्ने फैसला गरेको थियो । 

अदालतको निर्णयको पूर्णपाठ बल्ल आएको भन्दै बिहीवार डा. नूतनलाई चिकित्साकर्म नगर्न भन्दै चिठी लेखेको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलिप शर्माले हाम्रो डक्टरलाई बताएका थिए ।

उक्त समाचारको खण्डन गर्दै अस्पतालले उच्च अदालतको फैसलाका विरुद्धमा सर्वोच्चमा मुद्दा परेर निस्सा समेत पाइसकेको भन्दै समाचार एकतर्फी र आग्रहपूर्ण भएको दावी गरेको छ । अस्पतालले विज्ञप्ति प्रेशण गर्दै सर्वोच्च अदालतमा विचारधिन मुद्दामा अनावश्यक टिप्पणी हुनु दुर्भाग्यपूर्ण भएको तर्क गरेको छ । 

यस्तो छ विज्ञप्तिः 

 

Last modified on 2017-06-18 15:42:11

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts