दाँतको पँहेलोपन हटाउने घरेलु उपाय
मानिसको उमेर बढ्दै जाँदा शरीरका विभिन्न अंगले प्रभावकारी रुपमा काम गर्न छाडेर विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन् । तर कतिपयले खानपान वा दैनिक आचारणमा उचित ध्यान नदिँदा उमेरमै शरीरमा विभिन्न समस्या आउने गर्छ । चुरोट सेवा गर्दा, कुनै खाना लगातार खाँदा दाँतमा समस्या आउने गर्छ । जसका कारण मानिसको सौन्दर्यम पनि असर परेको हुन्छ । घरेलु उपायबाट पनि पँहेलो भएका दाँतको उपचार गन सकिन्छ ।
- तुलसीमा दाँतको पँहेलो पन हटाउने एक अदभूत शक्ति हुन्छ । यसले दाँतमा रहेको पँहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउन मद्धत गर्छ । तुलसीको पातलाई घाममा सुकाएर पाउडर बनाइ टुथपेष्टसँग मिलाएर ब्रस गर्दा दाँतको पँहेलो पन हराएर चमक आउँछ ।
- गाउँघरतिर नुन र तेलले दाँत सफा गर्ने चलन छ । नुनमा २–४ थोपा तोरीको तेल मिसाएर सफा गर्दा केही दिनमै दाँतमा भएको पँहेलो हराएर जान्छ ।
- सुन्तलाको बोक्रा र तुलसीको पातलाई घाममा सुकाएर त्यसको पाउडर बनाउनुहोस् । दाँत ब्रस गरिसकेपछि त्यो पाउडरले दाँतमा हल्का मसाज गर्नुहोस । सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियमका कारण दाँत चम्किलो हुन्छ ।
- निमको उपयोग धेरै पहिलेदेखि नै दाँतको सरसफाइ गरिँदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने कीरा नष्ट गर्ने शक्ति हुन्छ । यो प्राकृतिक एण्टी ब्याक्टेरियल विधि हो । दिनहुँ निमले दाँत सफा गर्दा दाँत तथा मुखमा हुने संक्रमणबाट पनि बच्न सकिन्छ ।
- खाना खाइसकेपछि दिनहुँ गाजर खाँदा दाँतमा भएको पँहेलो पन हट्छ । गाजरमा रहेको रेसाले दाँतलाई राम्रोसँग सफा गर्छ ।
- एक चम्चा कागतीको रसमा त्यतिनै मात्रामा पानी मिसाएर खानपछि दिनहुँ मुख सफा गर्दा दाँतमा भएको पँहेलोपन हटाउन सकिन्छ । सँगै सास गनाउने समस्या पनि हट्दै जान्छ ।
- स्ट्रबेरी दाँत चम्किलो बनाउने सबैभन्दा मिठो र सजिलो उपाय हो । यसमा पाइने मलिक एसिडले दाँतलाई सेतो बनाउने मात्र नभइ चम्किलो पनि पार्छ ।
- केरालाई पिसेर पेष्ट बनाइ दाँतलाई दिनहुँ मसाज र ब्रस गर्दा दाँतको पँहेलोपन हट्छ ।
एजेन्सीकाे सहयाेगमा
Last modified on 2017-06-18 15:42:40
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>