लुम्बिनी अस्पतालमा मानसिक स्वास्थ्य सेवा सुरु



Download our app to get more features

तिलोत्तमा (रुपन्देही), २६ चैत । विश्व स्वास्थ्य दिवसका अवसरमा लुम्बिनी अञ्चल अस्पताल बुटवलले मानसिक स्वास्थ्य सेवा थप गरेको छ । 

स्तरवृद्धिसँगै विभिन्न सेवा विस्तार गर्दै आएको अस्पतालमा शुक्रबारदेखि मानसिक स्वास्थ्य सेवाको औपचारिक रुपमा उद्घाटन गरिएको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेल क्षेत्रीले अस्पतालले मानसिक रोग उपचारको छुट्टै एकाइ निर्माण गरेर काम सुरु गरिएको बताए । 

लुम्बिनी अञ्चल अस्पताल विकास समितिको पहलमा सो सेवा सुरु भएको हो ।  सरकारी अस्पतालमा सो सेवा सुरु भएपछि यस क्षेत्रका बिरामीलाई राहत हुने अस्पताल विकास समितिका अध्यक्ष रमेश खनालले बताए । लुम्बिनी अञ्चल अस्पताल विकास समितिले दुई विषेशज्ञ चिकित्सकसहित काम सुरु गरेको छ । दैनिक एक हजार दुई सय बिरामी अस्पतालमा आउने गर्छन् । रासस, 
 

Last modified on 2017-06-18 15:43:35

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts