हरियो तरकारीभन्दा बढी फाइदाजनक हुन्छ कर्कलोको पात
हामीले खाने हरियो साग, तरकारी मध्ये कर्कलोको साग पनि पर्छ । कर्कलोको साग सजिलै भेटेपनि अन्य साग जस्तो लोकप्रिय भने छैन । कर्कलोको सागको बारेमा थाहा नभएको सायदै कोहि होलान् तर पनि कर्कलोको साग भने हामीले आफ्नो नियमित भोजनमा त्यसलाई समावेश गर्दैनौँ । किनभने कर्कलोको साग अन्य सागभन्दा बनाउँदा र खाँदा कोक्याउने हन्छ ।
कर्कलोको साग हाम्रो स्वास्थ्यको लागि अन्य साग वा तरकारी भन्दा बढी फाइदाजनक हुन्छ । कर्कलोको पात खानाले धेरै प्रकारका रोगबाट हामी बच्न सक्छौँ ।
कर्कलोको सागमा भिटमिन ए ,बी, र सी, क्याल्शियम, प्रोटीन, पोटाशियम, आइरन, कार्बोहाइड्रेट र ऐन्टी–अक्सिडेन्ट भरपूर मात्रामा पाइन्छ ।
कर्कलोको पातमा भिटमिन ए आँखाको लागि फाइदाजनक हुन्छ । यसले आँखाको रोशनी बढ्छ र मांसपेशिहरु पनि बलियो हुन्छ ।
साथै भिटमिन सी ले अनुहारको चाउरीपना कम गर्नमा मद्दत गर्छ । क्याल्शियम हड्डिको निर्माण वा बलियो बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
यदि तपाई कर्कलोको पात सेवन गर्नु हुन्छ भने त्यसले मोटोपन पनि नियन्त्रण गर्नमा मद्दत गर्छ । किनकी कर्कलोको पातले भोक लाग्न दिदैँन । साथै यसमा पाइने फाइबरले मेटाबोलिज्मलाई पनि सक्रिय बनाउँछ जसले शरीरको तौल सँधै नियन्त्रणमा रहन्छ ।
त्यति मात्र नभई कर्कलोको पातको सेवनले जोर्नीको दुखाईमा पनि राहत प्रदान गर्छ । कर्कलोको पातलाई बेसनमा पकौडा बनाएर खानु पनि फाइदाजनक हुन्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>