कसरी सुरु भयो नेपालमा मानसिक रोगको परीक्षण र उपचार ?
सन्दर्भः विश्व स्वास्थ्य दिवस
काठमाण्डौ । यो वर्षको विश्व स्वास्थ्य दिवस उदासिनताः खुलेर कुरा गरौं भन्ने मूल नाराका साथ मनाइँदै छ । विश्व स्वस्थ्य संगठनको सन् २००१ को तथ्यांक अनुसार विश्वमा ४५ करोड मानिस मानसिक रुपमा अस्वस्थ छन् । विश्व स्वास्थ्य संगठनको परिभाषा अनुसार स्वस्थ हुनका लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक हिसावले पूर्ण रुपमा स्व्स्थ रहेको अवस्थालाई स्वस्थ भएको मानिन्छ । समान्यतया मानसिक स्वस्थ्य भन्नाले मनोबैज्ञानिक तवरले स्वस्थ रहनु भन्ने बुझिन्छ ।
के के भए मानसिक रुपमा स्वस्थ भइन्छ ?
- समय र वातावरण अनुसार अगाडी बढ्न सक्ने क्षमता
- भावनात्मक द्वन्द्वबाट ज्इादै विचलित नहुने गुण
- अर्थपूर्ण रुपले जीवनयापन गर्नसक्ने क्षमता
- आफुसँग भएको क्षमताको प्रयोग गरी उत्पादनशिल तथा फलदायी का मगर्न सक्ने भएको
- अरु व्यक्तिसँग अर्थपूर्ण सम्बन्ध जोडी सो सम्बन्धलाई निरन्तरता दिनसक्ने क्षमता भएको
- कुनै प्रकारको मानसिक रोगको खास लक्षण नभएको
नेपालमा मानसिक रोग र उपचारको इतिहास
सयवर्ष अघिसम्म नेपालमा मानसिक रोग, यसको परीक्षण र उपचार भन्ने कल्पनासमेत गरिएको थिएन । सन् १९६१मा सर्वप्रथम नेपालमा मानसिक रोगको परीक्षण र उपचार सुरु भएको हो ।
१. सन् १९६१ मा पहिलो पटक वीर अस्पतालमा मानसिक रोगीलाई जाँच गर्ने बहिरंग विभाग सुरुवात भयो ।
२. सन् १९६५ मा बेलायतबाट एकजना डाक्टरले साइक्याट्री पढेर आएपछि वीर अस्पतालमा परीक्षण र उपचारका लागि छुट्टै पाँच शैयाको विभाग सुरु भयो ।
३. सन् १९७२ मा सैनिक अस्पतालमा १० शैयाको न्यूरो साइक्याट्रीक विभाग सुरु भयो ।
४. सन् १९६७ मा फादर थोमस ग्याफ्नीले लागूपदार्थको दुव्र्यसनीहरुको लागि पुनस्थापना केन्द्र सुरु गरे ।
५.सन् १९८३ र सन् १९८४ मा गैह्रसरकारी संस्थाहरुबाट लागूपदार्थको दुव्र्यसनी र सुस्त मनस्थिति भएका बच्चाहरुको लागि पुनस्र्थापना केन्द्रहरु सुरु भयो भने युनाइटेड मिसन टू नेपालले सन् १९८३ मा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमको सुरुवात ग¥यो ।
६ .सन् १९८४ मा वीर अस्पतालमा भएको मानसिक वार्ड छुट्टिएर मानसिक अस्पतालको रुपमा स्थापना भयो ।
७. सन् १९८५ मा मानसिक अस्पताल, लगनखेल, ललितपुरमा स्थानान्तरण गरी २५ बेडको अस्पतालबाट सुरुवात गरियो ।
८. त्यसपछि ३९ बेडको र हाल ५० बेडको मानसिक अस्पताल सञ्चालनमा छ । यो नेपालको एउटा मात्र आनसिक अस्पताल हो ।
९. सन् १९८६ मा शिक्षण अस्पतालमा मानसिक बहिरङ्ग सेवा सुरुवात भयो र १२ बेडको मानसिक वार्ड स्थापना भयो ।
(१०) त्यस्तै सन् १९८७ मा २२ बेडको मानसिक वर्डा र De-addiction ward को सुरुवात भयो ।
(११) १९९७ मा Clinical Psychological services सुरु भयो ।
(१२) सन् २००० मा आएर Psychiatric MD र Bachelor in Psychiatric Nursing को सुरुवात भयो ।
नेपालको सन्दर्भमा मानसिक रोग
१ देखि २ प्रतिशत जनसंख्या कडा खालको मानसिक रोगबाट ग्रसित भएको देखिन्छ । ५ प्रतिशत मध्यम खालको मानसिक रोगबाट पिडित भएको देखिन्छ । त्यसैले नै बहिरङ्ग सेवामा जचाउन आउने विरामीहरुको संख्या मध्ये २० देखि ३० प्रतिशत मानिसहरु मानसिक रोग संग सम्बन्धित भएको
देखिन्छ ।
नेपालमा देखिएका बिभिन्न प्रकारका मानसिक रोगहरुको संख्या (prevalence) निम्नानुसार भएको अनुमान गर्न सकिन्छ ः
१. बिभिन्न प्रकारका साईकोसिस (स्किजोफ्रेनिया, मेनिया आदि) – करिब २ प्रतिशत
२. बिभिन्न प्रकारका न्युरोसिस (सामान्य प्रकारको मानसिक रोगहरु) – करिब १० प्रतिशत
३. बिभिन्न प्रकारका डिप्रेसन (उदासपना) – करिब ६ प्रतिशत
४. बिभिन्न प्रकारका छारेरोगहरु – करिब १ प्रतिशत
५. बिभिनन तहका सुस्त मनस्थिति – करिब ३ प्रतिशत
६. मादक पदार्थको कुलत वा दुव्र्यसन – करिब ३–५ प्रतिशत
७. लागू पदार्थको कुलत वा दुव्र्यसन – करिब १ प्रतिशत
८. बिभिन्न प्रकारका व्यक्तित्वको खड्बडी – करिब १ प्रतिशत
९. अन्य मानसिक रोगहरु – करिब १ प्रतिशत
उदासपना
यो Neurosis को एक प्रकार हो । जसमा नियमित रुपमा कम्तीमा २ हप्तासम्म उदासिपनको अनुभूति गर्नु, अनावश्यक सोचाई आउने, दिक्दारी लाग्ने, कुनै पनि चिजमा चाख नलाग्ने, खुसी अनुभव नहुने, थकित महसुर भई रहने, शारीरिक तथा मानसिक कार्यमा पहिले भन्दा अस्वाभाविक रुपमा फरक हुने अवस्था हो ।
समुदायमा ६ देखि ८ प्रतिशत महिला तथा ३ देखि ५ प्रतिशत पुरुषमा यो रोग देखा पर्ने तथ्य बिभिन्न तथ्याङ्कबाट पाईएको छ ।
उदासिपनको कारण
Depression को कारण पत्ता नलागेको अवस्था छ । तर प्राय बिभिन्न कारणले गर्दा Depression रोग लागेको पाइएको छ ।
१) बंशाणुगत रुपमा केही व्यक्तिमा देखिन सक्छ ।
२) बिभिन्न कारणले गर्दा मस्तिष्कलाई सञ्चालन गर्ने norepinephrine, ceratonin जस्ता रसायनिक तत्वको क्रियाकलापमा असन्तुलन आएमा ।
३) मानसिक तनावहरु, जस्तै
– प्रेम विछोड
– आफन्तको मृत्यु
– विमोहन
– आर्थिक भाव
– नोकरीबाट निकालनु
– बेरोजगारी
– काम र अध्ययनमा असफलता
– आत्मग्लानि, नैराश्यता
– भैm–झगडा आदी
४) दीर्धकालिन रोगहरु, जस्तै: पिनास, बाथ, दम आदि ।
५) औषधिहरुले पनि Depression गराउंदछ । जस्तै: परिवार नियोजनको अस्थायी साधनः खाने चक्की (pills), steroid drugs, certain antihypertensive medicine, जस्तै: Methyidopa, reserpine
६) Post natal depression जस्तै: केही महिलाहरुमा बच्चा जन्माएपछि depression देखा पर्न सक्छ ।
७) Siblings 11 प्रतिशत – परिवारमा अरु व्यक्तिलाई पनि depression छ भने जस्तै: दिदी, बहिनी तथा दाजु भाई ) ।
८) हर्मोनको असन्तुलन ः बिभिन्न किसिमको हर्मोन, जस्तै: thyroid, adrenal ग्रन्थिले उत्पादन गर्ने हर्मोन आदिको गडबडी भएमा ।
९) Sex: पुरुषको तुलनामा महिलाहरुमा यो समस्या बढी पाईएको छ ।
१०) प्रायः वयस्क र बृद्धावस्थामा बढीमात्रामा पाईएको छ ।
११) Personality: आपूmलाई बढप्पन (showingness) देखाउन चाहनेहरुमा धेरै मात्रामा पाईएको
छ ।
१२) Social class : Higher class का बढी देखिने गरेको पाइएको छ ।
लक्षण
दिक्दारीपन र विरक्त लाग्नु ,निन्द्रा गढबढ हुनु ,खान मन नलाग्नु ,वा वढि लाग्नु ,दुब्लाउनु ,दिसा कब्जियत हुनु ,टाउको दुख्नु ,पेट दुख्नु ,खुट्टा झमझम गर्नु ,एक्लै झेक्रिएर बस्नु ,बारम्बार रोईरहनु ,दैनिक कामकाज गर्न जाँगर नलाग्नु ,आत्महत्या गर्ने मन या कोशिस गर्नुृृ ,छिटोछिटो रिसाउनु ,आत्मविश्वासको कमी या हिनताबोध हुनु ,यौन ईच्छामा कमी आउनु ,दुःखित मनस्थिति हुनु ,कुनै पनि कामकाज ध्यान दिएर गर्न नसक्नु ,खुशि हुनु पर्ने कुरामा पनि खुसि हुन नसक्नु ।
उपचार तथा ब्यबस्थापन
साधरण तथा मध्यम खालको को लागि OPD बाटै उपचार गर्न सकिन्छ भने कडा खालको Depression को अस्पतालमा भर्ना गरेर उपचार गर्नु पर्छ ।
उदासिनताको उपचार मुख्यतया ३ प्रकारले गर्न सकिन्छ ।
१.विरामिलाई आवश्यक सरसल्लाह तथा सहयोग गरेर ।
२.औषधिको प्रयोग गरेर ।
३.ECT
स्रोतः काठमाण्डौ जिल्ला जनस्वास्थ्य कार्यालय
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।