स्वास्थ्य चौकीलाई १० लाखको जग्गादान



Download our app to get more features

इलाम, २५ चैत । इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान गरेका छन् । 

साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान गरेका हुन् । प्राप्त जग्गामा बर्थिङ सेन्टर, आवास तथा कार्यालयसहितको सुविधासम्पन्न भवन बन्ने स्वास्थ्य चौकीका इन्चार्ज शिवनाथ यादवले बताए । 

यसैबीच, गाउँघर क्लिनिकको भवन निर्माणका लागि चारआना जग्गा प्राप्त भएमा जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि रु दुई लाख बजेट दिने समेत इन्चार्ज यादवले जानकारी दिए । रासस 
 

Last modified on 2017-06-18 16:08:40

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts