ट्रमा सेन्टरमा ६० वर्षिय महिलाले गरिन् झुन्डिएर आत्महत्या



Download our app to get more features

काठमाडौं, चैत २४ । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरको एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् ।

ट्रमा सेन्टरको बेड नं ५३३ मा उपचाररत बाग्लुङ, निशी–१ स्थायी ठेगाना भएकी अन्दाजी ६० वर्षकी जयकला घर्ती मगरले पाँचौं तलाबाट झुन्डिएर आत्महत्या गरेकी हुन् । घर्ती लामो समयदेखि मेरुदण्ड, क्षयरोग र खुट्टा सम्बन्धी समस्याले ग्रसित थिइन् । राम्रो सँग हिँडडुल गर्न नसक्ने घर्तीको उपचारमा संलग्न चिकित्सकहरुले केहिदिन पछि शल्यक्रिया गर्नुपर्छ भन्दै उपचार गरिरहेका थिए ।

आत्महत्याको कारण खुल्न नसके पनि हड्डी रोगबाट पीडित उनले आर्थिक समस्याले गर्दा यस्तो बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।

 

 

Last modified on 2017-06-18 16:19:34

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts