काठमाडौँमा आयोजीत निःशुल्क स्वास्थ्य शिविरमा ४ सय भन्दा बढी लाभान्वित
काठमाडौँ, २४ चैत । राजधानीमा निःशुल्क बृहत् स्वास्थ्य शिविरमा ४ सयभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
ओम अस्पताल र मैजुबहाल सेवा समाजको सहकार्यमा बुधबार आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा बालबालिकादेखि बृद्धबृद्धासम्मको स्वास्थ्य परीक्षण गरिएको थियो ।
मैजुवहालस्थित आइडियल इंग्लिश सेकेण्डरी स्कूलको प्रांगणमा सञ्चालन भएको शिविरमा स्त्री रोग, नाक, कान, घाँटी, हाडजोर्नी, सामान्य चिकित्सा, दन्त रोग, चर्म रोग, मानसिक रोग, आाखा रोग, मुटु रोग, पोषण रोग र अन्य रोगका सम्बन्धमा गरी ४ सय भन्दा बढीले वरिष्ठ चिकित्सकहरुद्धारा निःशुल्क परीक्षण गराई लामान्वित भएको कार्यक्रम संयोजक विश्व विक्रम रानाले जानकारी दिए । सो अवसरमा बिरामीहरुलाई निः शुल्क औषधि समेत वितरण गरिएको थियो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै ओम अस्पतालका अध्यक्ष उद्धव पौडेलले सामाजिक उत्तरदायित्व अन्र्तगत शिविर सञ्चालन गरिएको बताएका थिए । ओम अस्पतालले आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पौडेलले बताए ।
यसैगरी प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले स्थानीयसँगको सम्बन्धलाई प्रगाढ बढाउन यस्ता शिविर महत्वपूर्ण हुने भन्दै शिविरका बिरामीहरुलाई अस्पतालमा छुटको समेत व्यवस्था गरिएको बताए ।
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>