विश्वका एक तिहाइलाई भएको मोटोपनाको जोखिका बारेमा थाहा पाइराख्नुहोस् (भिडियो सहित)
नेपालको सन्दर्भमा अझैपनि मोटोपनालाई धनी वा उपल्लो वर्गका व्यक्तिको प्रतीकको संज्ञा दिइन्छ । यो सोचाइमा पछिल्लो समय केही परिवर्तन आएको छ । यद्यपी ग्रामिण भूभागमा यस्तो मनस्थिति बढी पाइन्छ । मुटु, मिर्गाैला, स्ट्रोक जस्तै केहीवर्ष यता मोटोपनालाई पनि आफैमा एउटा रोगको रुपमा लिइन्छ । यसका कस्ता जोखिम र उपचारका बारेमा ग्यास्ट्रो सर्जन डा.राकेश कुमार साहको तर्क यस्तो छ :
मोटोपना नेपालको नेपाली समाजको मात्र नभएर विश्वकै समस्या हो । मोटोपनाको कारणले धेरै प्रकारका रोग लाग्छन् ।
मोटोपना रोग पत्ता लगाउने तरिका :
तौल वृद्धि हुनुलाई मोटोपना भनिन्छ । तर मोटोपना रोग भएकाले तौल वृद्धिको अलावा मोटोपना सम्बन्धी रोग लागेको छ की छैन् यसरी थाहा पाउन सकिन्छ ...
मानिसको तौल कति केजी छ , र उचाई कति मिटर छ नाप्ने र तौल केजी भागा उचाई मिटर गर्दा जति परिमाण आउँछ सोको आधारमा विशेषज्ञद्वारा मोटोपना रोग लागेको छ की छैन पत्ता लगाइन्छ । चिकित्सा शास्त्रमा मोटोपना रोग पत्ता लगाउने अहिलेसम्मको सबैभन्दा उत्तम उपाय यही हो ।
मोटोपनाका कारणले यस्ता रोगको जोखिम :
१. उच्च रक्तचाप ।
२. मुटु रोग ।
३. मधुमेह ।
४. राति घुर्नी समस्या वा निद्रा नलाग्ने ।
५. हड्डीहरु खिइने ।
विभिन्न अध्ययन अनुसन्धान अनुसार मोटोपना रोग आउँदो दशकमा मृत्युको प्रमुख कारण बन्ने सम्भावना प्रवल छ । विश्वको १ तिहाई जनसंख्यामा मोटोपना रोग भेटिएको छ ।
मोटोपना रोग लागिसकेपछि यसो गर्ने :
१. विशेषज्ञ चिकित्सकको सल्लाह बमोजिम शरीरको आवश्यक्ता अनुसार कति क्यालोरी खाना खानु पर्ने हो ,सोको अनुशरण गर्ने ।
२. बेरायट्रिक शल्यक्रिया गर्ने । यसो गर्दा ४–५ दिनमा निको गर्न सकिन्छ ।
यो पद्धतिको शल्यक्रियाबाट मोटोपना घटाउँदा उच्चरक्तचाप, मधुमेह लगायतका रोग लाग्नबाट पनि बचिन्छ । हुन त मोटोपना रोग हटाउन औषधिको पनि सेवन गर्न सकिन्छ । यद्यपी औषधिको सेवनले केही समय ठीक भए पनि पछि गएर पुनः तौल बढ्ने भएकाले शल्यक्रिया नै सबैभन्दा प्रभावकारी उपचार पद्धति हो , मोटोपना रोग निदानको लागि ।
भिडियो हेर्नुहोस् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>