भ्यागुते रोगले बालकको मृत्यु
पाल्पा, २२ चैत । पाल्पामा पहिलोपटक भ्यागुते रोगका कारण एक बालकको मृत्यु भएको छ ।
जल्पा–२ पाल्पा बस्ने आठ वर्षीय कमल बाह्रघरेको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्लामै भ्यागुते रोगको घटना पहिलोपटक घटेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए । यो रोग भाइरल सङ्क्रमणका कारण मानिसमा सर्ने गर्दछ । रासस
Last modified on 2017-06-18 16:29:16
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>