परम्परागत स्वास्थ्यकर्मीहरुको दोस्रो राष्ट्रिय भेला सम्पन्न
काठमाण्डौं, २२ चैत । ‘परम्परागत स्वास्थ्य सेवाको संरक्षण र सम्वद्र्धन गरौं; भन्ने नाराका साथ परम्परागत स्वास्थ्यकर्मीको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । परम्परागत स्वास्थ्य सेवाको संरक्षण, सम्वद्र्धन र लिपिवद्ध गर्ने उदेश्यले प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र(रेस्फेक)ले भेलाको आयोजना गरेको थियो ।
काठमाण्डौंमा सम्पन्न दुई दिने भेलाले ३० वटा घोषण पत्र जारी गरेको छ । भेलाले परम्परागत स्वास्थ्यकर्मीहरुको सीप र ज्ञानलाई संरक्षण र सम्वद्र्धन गरी राज्यले वैधानिकता दिनुपर्ने निष्कर्ष निकालेको रेस्फेकका कार्यकारी निर्देशक शान्तलाल मुल्मीले जानकारी दिए । भेलामा २७ जिल्लामा सेवारत गुरुवा, वैद्य, गुभाजु, ज्योतिष, पण्डित, धामीझाँक्रि लगायत ८२ जनाको सहभागिता रहेको थियो ।
कार्यकारी निर्देशक मुल्मीले परम्परागत स्वास्थ्यलाई वास्ता नगरिएको तर सधै हाम्रो जीवनमा आवस्यक रहेको बताए । ‘परम्परागत स्वास्थ्य वैकल्पिक उपचारको रुपमा आएको छ’ मुल्मीले भने ‘ यो परम्परादेखि चल्दै आएको छ, पछि विकास भएको एलोपेथिक वैकल्पिक उपचार हो ।’
परम्परागत स्वास्थ्य उपचार विधि मानव सभ्यता र जीवनपद्धतिसँग सम्बन्धीत रहेको उपचार पद्धति पुर्खाले सिर्जेको सम्मत्ति हो । यसलाई वैज्ञानिक पद्धतिसँग प्रणालीवद्ध गर्नु आवश्यक रहेको भेलाले जोड दिएको थियो ।
समय सापेक्षिक रुपमा स्थानीय रुपमा उपलब्ध भएका जडिबुटिहरु, मरमसलाहरु, खनिज आदि स्थानीय रुपमा सउपलब्ध भएका विविध वस्तुहरुबाट शारीरिक तथा मानसिक औषषधोपचार गर्ने परम्परा नै परम्पारागत उपचार पद्धति हो । मुल्मीले भने आर्थिक उपार्जन भन्दा सेवा भावले यो उपचार विधिहरु सस्तो तथा सर्वसुलभको साथै जीवनपद्धतिसँग सामिप्य रहेकाले आर्थिक अभावमा पनि औषधि उपचारबाट वञ्चित हुनु नपर्नेमा दुइमत हुँदैन ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>