भिटामिन डिको कमिले हुने स्वास्थ्य समस्या
के तपाईँ दैनिक दुध पिउनुहुन्छ ? यदि पिउनुहुन्न भने तपाईंलाई क्याल्सियमका साथसाथै भिटामिन डिको कमी हुन सक्छ । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने झन् समस्या आउन सक्छ । किनभने भिटामिन डिको कमिले तपाईंको शरीरमा गम्भीर स्वास्थ्य समस्या आउन सक्छ ।
भिटामिन डिको कमिका कारण देखिने ५ लक्षणहरु
हड्डी तथा मांशपेसी कमजोर हुनुः यदि तपार्इं हड्डी तथा मांशपेसीमा लगातार पीडा वा कमजोर महसुस गर्नुहुन्छ भने यसको कारण भिटामिन डिको कमिले हुनसक्छ । भिटामिन डि हड्डी तथा मांशपेसीको लागि अति आवश्यक पोषक तत्व हो । यसको साथै दाँतको लागि पनि उत्तिक आवश्यक हुन्छ ।
उच्च रक्तचापः यदि तपार्इंको शरीरमा भिटामिन डिको कमी हुँदै गएमा ब्लडप्रेसर अर्थात रक्तचापमा प्रभाव पर्न सक्छ । भिटामिन डिको कमिले उच्च रक्तचापको समस्या देखिन्छ ।
तनाव तथा उदासीको समस्याः खासगरी महिलाहरुलाई भिटामिन डिको कमिले तनाव तथा उदासीपनको समस्या सिर्जना हुन्छ । जसको कारण मानसिक रोगले सताउन सक्छ । सामान्यतया पुरुषहरुलाई भन्दा महिलालाई भिटामिन डिको आवश्यकता बढी हुन्छ ।
सामान्य स्वभावमा परिवर्तनः शरीरमा भिटामिन डिको कमिको असर सिधा दैनिकीको सामान्य स्वभावमा पर्छ । यसको कमिले शरीरमा सेरोटोनिन हर्मोनको उत्पादनमा प्रभाव पर्न सक्छ । जसले तपाईंको स्वभावप्रति बढी जिम्मेवार बनाउँछ ।
आलस्यता वा थकानको महसुसः तपार्इं आफूलाई सामान्य भन्दा बढी लगातार आलस्य वा थकानको महसुुस गर्नुहुन्छ भने तुरुन्त भिटामिन डिको मात्रा जाँच गराउनुपर्छ । किनभने भिटामिन डिको कमिका कारण कुनै पनि व्यक्तिको ताजनपन, फुर्तिलो, जाँगर हराउँछ ।
एजेन्सीको सहयोगमा
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>