मोतिबिन्दु भएका ५९ जनाको निःशुल्क शल्यक्रिया



Download our app to get more features

सोलुखुम्बु, २२ चैत । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ । 

तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा ६ सय ४ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको र त्यसमध्ये ५९ जनाको मोतिबिन्दुको शल्यक्रिया र दस जनाको आँखाको ढकनी खुम्चिएकोसम्बन्धी शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिए । 

यसअघि जिल्लाका विभिन्न स्थानमा आँखा शिविर सञ्चालन गरी जटिल समस्या भएका रोगी छनोट गरिएको थियो । गाउँ÷गाउँमा छनोट गरिएका रोगीको विशेषज्ञसहित जिल्लास्तरमा शिविर सम्पन्न गरी उपचार गरिएको प्रमुख वाइबाले जानकारी दिए। रासस 

Last modified on 2017-06-18 16:34:25

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts