स्वास्थ्य मन्त्रालयले खानेपानीको तीन करोड तिर्न बाँकी
काठमाडौं, २१ चैत । विभिन्न राजनीतिक दलका नेताहरुलाई उपचारका नाममा लाखौं रुपैया बाँड्ने स्वास्थ्य मन्त्रालयले मन्त्रालयकै खानेपानीको बील भने तिरेको छैन ।
स्वास्थ्य मन्त्रालयले काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडलाई तीन करोड ३४ लाख रुपैया पानीको महसुल तिर्न बाँकी रहेको छ । खानेपानी लिमिटेडले पटक पटक ताकेता गर्दा पनि मन्त्रालयले खानेपानीको महशुल तिरेको छैन ।
स्वास्थ्य मन्त्रालय लगायत अन्य मन्त्रालय सहित केन्द्रीय निकाय र सरकारी सार्वजनिक संस्थानले खानेपानी उपभोग गरेबापत् काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई ४३ करोड महसुल तिर्न बाँकी छ ।
Last modified on 2017-06-18 16:35:40
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>