चीनमा बर्ड फ्लुका कारण एकको मृत्यु



Download our app to get more features

बेइजिङ (चीन), २१ चैत । चीनको मध्य क्षेत्रमा अवस्थित हुनान प्रान्तमा फेला परेका बर्ड फ्लु (एच७ एन९) सङ्क्रमित नयाँ बिरामीमध्ये एक जनाको आइतबार मृत्यु भएको चिनियाँ अधिकारीले बताएका छन् । 

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार मार्च २४–३० सम्मको समयमा थप छ जनामा बर्ड फ्लु सङ्क्रमण भेटिएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । 

पछिल्ला केही दिनमा यस क्षेत्रमा देखिएको चिसो मौसम र वर्षासँगै थप व्यक्तिमा सङ्क्रमण भेटिएको प्रान्तीय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ । 

चीनमा देखिएको बर्ड फ्लुको सङ्क्रमणसँगै हुनान प्रान्तको राजधानी थङसामा मार्च १७ देखि जिउँदो कुखुरा व्यापारमा तीन हप्ताका लागि प्रतिबन्ध लगाइएको छ । रासस 
 

Last modified on 2017-06-18 16:46:23

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts