ब्लड बैंक स्थापनाको स्वघोषणा



Download our app to get more features

पाल्पा, २१ चैत । पाल्पा जिल्लाको तानसेन नगरपालिकास्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम सुरु गरेको छ । 

६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर आयोजित कार्यक्रममा सहकारीका २६ सदस्यले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा गरेका छन् । 

रगतका अभावमा सहकारीका सदस्यले ज्यान गुमाउनुपर्ने बाध्यताबाट मुक्त हुनका लागि सहकारीका आफ्ना सदस्यलाई आवश्यक परेको बेला रगत दिन सक्ने गरी अभियान सञ्चालन गरिएको हो । 

सहकारीका अध्यक्ष चन्द्रबहादुर नेपालीले आफूले जस्तो सदस्यलाई आवश्यक परेका बेला रगत दिने गरी स्वघोषणा गरे । यो सहकारीका १२ भन्दा बढी सेयर सदस्य रहेका छन् । 

अध्यक्ष नेपालीले लाइभ ब्लड बैंक स्थापना स्वघोषणा कार्यक्रम बर्से्नि सञ्चालन हुने र सदस्यका लागि रगतको अभाव नहुने बताए । कार्यक्रममा डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोराले सहकारीको रक्तदान कार्यक्रमले सामाजिक रुपान्तरणको अभियानमा अग्रसरता देखाएको बताए । 
कार्यक्रममा उपाध्यक्ष योगेन्द्र गहिरे, रक्तदान उपसमितिका संयोजक मर्मता दर्नाल, मनलक्ष्मी हिमचुरी र सुमन विकलगायतले सामाजिक रुपान्तरणको अभियानले सहकारी नमुना हुँदै गएको बताए । रासस

 

Last modified on 2017-06-18 16:47:22

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts