आफुलाई फिट राख्न चाहानुहुन्छ ? त्यसोभए भ-याङ चढ्नुहोस



Download our app to get more features

काठमाडौ । तपाई भ-याङ कत्तिको चढ्नुहुन्छ ? अल्छीपनका कारण भ-याङ लाई बेवस्ता गर्दै लिफ्टको प्रगोग गर्ने गरिरहनुभएको त छैन ? यदि त्यस्तो गर्दैहुनुहुन्छ भने तपाईले आफ्नो शरिरलाई फिट राख्ने महत्वपुर्ण सहयोगीलाई नै बेवस्ता गर्दैहुनुहुन्छ । हिजोआज कार्यलय, सपिङ मलहरुमा छिटो र सजिलोका लागि लिफ्ट राखिएको हुन्छ । तर मानिसहरुसगं प्रसस्तै समय हुदाहुदै पनि भ-याङ को प्रयोग नगरेर त्यस्ता लिफ्टको प्रयोग गरिरहेका हुन्छन् । जसकारण उनिहरुको शरिरीक निश्क्रियतालाई थप बढवा दिइरहेको छ ।
शरिरका लागि कोलस्ट्र्रोरल निकै हानीकारक तत्व मानिन्छ । यो एक प्रकारको बोसो हो, जसले शरिरलाई अस्वस्थ बनाई मुटु लगायत बिभिन्न अगंलाई हानी पुर्याउछ । कोलस्ट्रोरल खासगरि जिबजन्तुको बोसो मासु तथा घिउतेलमा प्रसस्त पाईन्छ । यसलाई शरिरबाट अलग गर्न ब्यायाम नै एकमात्र सजिलो उपाय भएको तफ चिकित्सकहरु प्राय एकमत रहन्छन । त्यसमध्ये पनि
भ-याङ चढ्नु ओर्लनु फिटनेशका लागि रामबाण नै भएको बिज्ञहरुको तर्क छ ।
पसिना आउने गरेरै दैनिक भर्याड चढ्ने र ओर्लने गर्ने हो भने स्वाथ्यका लागि त्यो जस्तो श्रेष्ठ ब्यायाम केहि नभएको फिजीसियनहरु बताउछन् । भर्याड चढ्नु ओर्लनु मोटाहरुका लागि मात्र होइन दुब्ला पातला मानिसहरुका लागि पनि त्यतिकै फाइदाजनक हुन्छ । यस्ता ब्याक्तिले नियमित भर्याड चढ्ने ओर्लने गर्दा शरिरका प्रत्येक मसल््स सशक्त एवम् सन्तुलन बन्न पुग्छ ।
खासगरि कम्मर मुटु पाखुरा पिडौला जस्ता भागमा स्वत ब्यायाम हुन गई यी महत्वपुर्ण क्षेत्र अपेक्षा गरे अनुशार बलियो बन्न पुग्छ । शरिर भित्र रहेका अनावश्यक वस्तुहरु तीब्ररुपमा  नष्ट हुन पुग्छ र मानिसले स्वस्थ आरामको अनुभव गर्न थाल्छन ।
 दैनिक सिडी चढ्ने ब्याक्तिको शारिरीक सशक्तपन अन्य ब्याक्तिको तुलनामा ज्यादै बढि हुन्छ । सिडी चढ्दा शरिरको सारा बल कम्मर छाती र खुट्टामा पर्छ जसले गर्दा यी अगंहरुको यति राम्रँे ब्यायाम हुन्छ कि यसबाट सम्पुर्ण शरीर नै सशक्त बन्नपुग्दछ । त्यसैले दैनिक 
भ-याङ चढौ फिट रहौं ।

 

Last modified on 2017-06-18 16:48:06

  1. जुनु भट्टराई

    जुनु भट्टराई हाम्रो डक्टरमा अतिथि सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts