कान्ति अस्पतालको विस्तारित अस्पताल सेवा 'ईएचएस' प्रभावकारी



Download our app to get more features

काठमाडौँ, २० चैत । कान्ति बाल अस्पतालमा विस्तारित अस्पताल सेवा (इएचएस) अर्थात् पेइङ सेवाअन्तर्गत दिउँसो ३ बजेदेखि ५ बजेसम्म सुरु भएको विशेषज्ञ चिकित्सकसहितको ओपिडी सेवा प्रभावकारी बन्दै गएको छ । 

गत बुधबारदेखि सुरु भएको दिउँसो ३ बजेबाट साँझ ५ बजेसम्म चल्ने उक्त सेवामा हालसम्म तीन दिनमा करिब ५० भन्दा बढी बालबालिकाको उपचार भएको अस्पतालका निर्देशक डा अजित रायमाझीले जानकारी दिए । 

देशभरको एक मात्र केन्द्रीय बाल अस्पतालका रुपमा रहेको कान्तिमा देशभरबाट उपचारका लागि आउने दैनिक बहिरङ्ग सेवामा ३ सय बालबालिका उपचारका लागि आउने गर्छन् । 
बिरामीको अत्यधिक भीडका कारण निजी क्लिनिकमा महँगो शुल्कमा उपचार गराउनुपर्ने भएपछि अस्पतालमै  ४५० शुल्क लाग्ने गरी सेवा विस्तार गरिएको हो । 

निर्देशक रायमाझीले प्रयोगशाला परीक्षणका लागि ल्याब तथा शल्यक्रिया शुल्क अरु बेलाको भन्दा बढी भए पनि बाहिरका निजी अस्पतालभन्दा सस्तो हुने बताउनुभयो । यो सेवा सुरु भएपछि टाढाबाट बिरामी बच्चा लिएर आएका अभिभावक पालो नपाएर अन्यत्र भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ । बिरामीले वरिष्ठ विशेषज्ञ सेवा पाउछन् । निजीमा जस्तै यही अतिरिक्त समयको पारिश्रमिक पाएपछि चिकित्सकलाई पनि सजिलो भएको अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेलले बताए । 

अहिले परीक्षणकै क्रममा रहेकाले सेवालाई थप प्रभावकारी र सरल बनाउँदै लैजाने अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विस्तारित सेवा सुरु गरेका संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कामका आधारमा ५० प्रतिशतसम्म भत्ता दिने व्यवस्थासमेत गरेको छ । रासस 

Last modified on 2017-06-18 16:49:09

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts