भक्तपुर अस्पतालमा तत्काल आइसीयु नबन्ने
स्थानीयबासीद्धार १९ बुँदे ज्ञापनपत्र
भक्तपुर, २० चैत । भक्तपुर अस्पतालमा तत्काल आइसीयु नबन्ने भएको छ । अस्पताल प्रशासनले राजनीतिक कारणले अस्पतालमा आइसीयु बन्न ढिलाई भएको स्वीकारेको छ ।
स्थानियबासीले भक्तपुर अस्पतालले लापरवाही गरेको भन्दै अस्पताल प्रशासनमा बुझाएको १९ बुँदे ज्ञापन पत्रबारे बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुधा देवकोटाले तत्काल आइसीयु नबन्ने बताएकी हुन् । उनले आइसीयु राजनीतिक कारणले बन्न नसकेको समेत बताइन् ।
स्वास्थ्य मन्त्रालयले गरिब जनतालाई निःशुल्क उपचार दिने व्यवस्था गरेको भएपनि भक्तपुर अस्पतालले विभिन्न बहाना देखाई पन्छिन खोजेको भन्दै चेतावनी सहित स्थानीयबासीले भक्तपुर अस्पताललाई ज्ञापन पत्र बुझाएको संयोजक अरुण सैंजुले बताए ।
करीब दुई सयको संख्यामा रहेका स्थानियबासीको समूहले प्ले कार्ड सहित धर्ना दिदैं अस्पतालका सुपरिटेन्डेन डा. देवकोटालाई ज्ञापन पत्र बुझाएका हुन् । मेसु डा. देवकोटाले १९ माग मध्ये १८ बटा माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएको संयोजक सैजुले बताए । उनका अनुसार डा. देवकोटाले आई. सी.यु. तुरुन्त बनाउनु भन्ने बाहेकका सबै माग ६ हप्तामा पुरा गर्ने प्रतिवद्धता दिएकी छन् । आइसीयु बनाउन समय लाग्ने भएकाले अन्य सबै माग तत्काल पुरा गर्न सकिने भक्तपुर अस्पतालले जनाएको छ ।
ईमर्जेन्सी सेवामा हुनु पर्ने निःशुल्क उपचार किन बन्द, आई.सी.यु. नबन्नुको कारण, ईमर्जेन्सी सेवाको टिकटमा मुल्य बृद्धि किन, लावारिस घाईतेको उपचार किन हुँदैन, अस्पतालको एक्बुलेन्स खोई, अस्पताल परिसरमा निजी औषधि पसल किन लगायतका माग राखी स्थानीयवासीले भक्तपुर अस्पतालमा ज्ञापन पत्र बुझाएका हुन् ।
तस्बिरः अरुण सैजुको फेसबुकबाट
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>