भक्तपुर अस्पताल प्रशासनमा तालाबन्दी गर्ने स्थानियबासीको चेतावनी
काठमाण्डौं, १९ चैत । स्थानियबासीले भक्तपुर अस्पताललाई १९ बुँदे माग राख्दै तालाबन्दी गर्ने चेतावनी दिने भएका छन् ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले गरिब जनतालाई निःशुल्क उपचार दिने योजना भन्दा भक्तपुर अस्पतालले सरकारलाई दोष देखाई पन्छिन खोज्ने प्रशासनको लापरबाहीको बिरोध गर्दै चेतावनी दिन लागिएको संयोजक अरुण सैंजुले बताए । उनले भने ‘आइतबार १९ बुँदे माग सहित ज्ञापन पत्र बुझाउने तयारी भएको छ ।’
राजनीतिक कारणले अस्पताल प्रशासनले काम नगरेको उनीहरुको आरोप छ । ‘अस्पतालमा एउटा एम्बुलेन्स समेत छैन’ उनले भने ‘समितिको राजनीतिक भागबण्डाले अस्पताल प्रशासनले कुनै काम गरेको छैन ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुधा देवकोटालाई ज्ञानप पत्र बुझाउदै ६ महिनाको अल्टिमेटम दिने र बिरामीको उपचारमा कुनै पनि प्रभाव नपर्ने गरी अस्पताल प्रशासनमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम रहेको संयोजक सैंजुले हाम्रो डक्टरलाई बताए ।
ईमर्जेन्सी सेवामा हुनु पर्ने निःशुल्क उपचार किन बन्द, आई.सी.यु. नबन्नुको कारण, ईमर्जेन्सी सेवाको टिकटमा मुल्य बृद्धि किन, लावारिस घाईतेको उपचार किन हुँदैन, अस्पतालको एक्बुलेन्स खोई, अस्पताल परिसरमा निजी औषधि पसल किन लगायतका माग राखी आन्दोलन गर्ने भएका छन् ।
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>