शिक्षण अस्पतालबाट ‘डाक्टर पास’ भएकालाई सांस्कृतिक कार्यक्रम गरेर बिदाई गरियो



Download our app to get more features

काठमाण्डौ, १८ चैत । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सकको संगठन एनआरडिए (नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन)ले सांस्कृतिक सन्ध्याको आयोजना गरि पासआउट भएका विद्यार्थको विदाइ गरेको छ । 

शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित कार्यक्रममा चिकित्सक एवं विद्यार्थीले रचनात्मक प्रस्तुतिहरु गरेर एमडी र एमएस तथा डिएम र एमसिएचको अध्ययन सम्पन्न गर्न लागेका चिकित्सक हरुको सम्मान एवं विदाइ गरेको हो । रेजिडेन्सिको कठोर यात्राकाबीच कार्यक्रमलाई चिकित्सकहरु आपसी सद्भाव अभिवृद्धि र रचनात्मक प्रस्तुतिको जगेर्नाका रुपमा लिएको बताइएको छ । कार्यक्रममा ईन्स्टिच्युट अफ मेडिसिनका डिन प्रा डा जगदीश प्रसाद अग्रवालले सांस्कृतिक कार्यक्रमहरुलाई पठनपाठनको अभिन्न पाटोको रुपमा औल्याँए ।

त्यस्तै नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले रेजिडेन्सिको कठोर यात्रामा यस्ता कार्यक्रमले मनोरञ्जनका अतिरिक्त सकरात्मक शक्ति सञ्चार गर्ने अभिव्यक्ति दिनुभयो । कार्यक्रममा विभिन्न संकायका प्राध्यापकका अतिरिक्त सामाजिक अभियन्ता प्रा. डा. गोबिन्द केसी, चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष तथा एनएमसिका सदस्य डा. ढुण्डी पौडेल, गोदान (सरकारी चिकित्सक संघ) का अध्यक्ष डा. बद्री रिजाल, एनएमएका डा. रक्षा श्रेष्ठ, क्याम्पस प्रमुख प्रा. डा. रोहित पोखरेल, विपिकेएलओएसका निर्देशका प्रा. डा. आनन्दा पोखरेल लगायतको उपस्थिती रहेको एसोसिएसनका अध्यक्ष डा. लिजन महर्जनले जानकारी दिए । 

कार्यक्रममा ९८ जना एमडी र एमएस तथा डिएम र एमसिएचका चिकित्सकलाई सम्मान तथा बिदाइ गरिएको आयोजकटोलीका डा. प्रविण प्रसाद र डा. कश्चेव श्रेष्ठले जानकारी दिए । कार्यक्रममा देउराली जनता फार्मासुटिकलका तर्फबाट नेपाली उत्पादनको प्रोत्साहनका लागि सहकार्य गर्न चिकित्सक समक्ष अनुरोध भएको थियो । कार्यक्रम शिक्षण अस्पतालको बेसिक हलमा आयोजना गरिएको थियो । कार्यक्रमलाई एसोसिएसनका सचिव डा सचित रुपाखेतीले प्रस्तुत गरेका थिए ।
 

Last modified on 2017-06-18 17:18:11

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts