३४ वर्षीया अमेरिमायाको च्यापुको ट्युमर निकालियो



Download our app to get more features

चितवन, १८ चैत । सरकारी स्वामित्वको भरतपुर अस्पतालमा एक महिलाको च्यापुको हड्डीमा भएको ट्युमर निकालिएको छ । ३४ वर्षीया अमेरिमाया रम्वेलको मुखको दाँया भागमा पलाएको एक किलो पाँच सय ग्राम तौलको ट्युमर निकालिएको हो । 

अस्पतालका दन्त चिकित्सा विभागका कन्सल्टेन्ट डा सन्तोष यादवको नेतृत्वको टोलीले माडी नगरपालिका– १२ बाँदरझुलाकी अमेरीमाया रम्वेलको सफल शल्यक्रिया गरेको हो । दुईवर्ष अघिदेखि उनको मुखमा मासु पलाउँदै आएको थियो । 

मासुको परीक्षण (बायोप्सी) गरेपछि ओसीफाइ फाइब्रोमा भएको पत्ता लागेको चिकित्सकले बताएका छन् । विशेष गरेर ३० देखि ४० वर्षसम्मका महिलामा यो समस्या देखिने गरेको डा सन्तोष यादवले बताए । उनको दोस्रो पटक शल्यक्रिया गरेर पहिलाको अवस्थामा ल्याइने यादवले उल्लेख गर्दै उनले उपचारमा ढिलाइ गरेको भए क्यान्सर समेत हुने जानकारी दिए । 

गरिबीका कारण उपचार गराउन नसकेकाले भरतपुर अस्पतालमा आएपछि अस्पतालले उनको निःशुल्क उपचार गरेको हो । आर्थिक अभावमा उपचारबाट वञ्चित नहुन भनेर सेवा प्रदान गरेको अस्पतालका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । रासस/ फाइलफोटो

Last modified on 2017-06-18 17:19:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts