अस्पतालजन्य संक्रमण न्यूनीकरणका लागि गैरसरकारी अस्पतालले छलफल थाले



Download our app to get more features

काठमाण्डौं, १७ चैत । अस्पतालजन्य संक्रमण व्यवस्थापन तथा फोहोर व्यवस्थापन सम्बन्धी चारदिने कार्यशाला गोष्ठी काठमाण्डौंमा सुरु भएको छ । 

गैरसरकारी अस्पताल संघले आजबाट तिलगंगा आँखा अस्पतालमा गोष्ठी सुरु गरेको हो । कार्यशालामा उपत्यका लगायत विभिन्न जिल्लाका १५ वटा अस्पतालको सहभागिता रहेको तिलगंगा आँखा अस्पतालका निर्देशक भगिरथ वानियाले जानकारी दिए । कार्यशालामा १५ गैरसरकारी अस्पतालका ७० जनाको सहभागिता रहेको छ ।

अस्पतालको फोहर व्यवस्थापन र संकमण नियन्त्रण कसरी गर्ने भन्ने उद्देश्यका साथ कार्यशाला गोष्ठी गरीएको आयोजकले जनाएको छ । 

गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मिर्गौला रोग विशेषज्ञ डा. ऋषी काफ्लेले संक्रमण नियन्त्रणका लागि नीति ल्याउनु पर्नेमा जोड दिए । उनका अनुसार २७ प्रतिशतले मात्र संक्रमण नियन्त्रणको तालिम लिएको बताए । 

गोष्ठीमा कसरी शल्यक्रियाको समयमा संक्रमण कम गर्ने र फोहर व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुने छ । जसका कारण बिरामीमा वातावरणले पर्ने असर कम गर्न सकिन्छ  । 

शल्यक्रिया कक्षमा संक्रमण व्यवस्थापन राम्रो भएमा बिरामीको उपचारमा छिटो सफलता प्राप्त हुन्छ । संक्रमण व्यवस्थापनमा शल्यक्रिया कक्षको वातावरण, हावा, पानी, कपडा, हात धुनेदेखि लिएर प्रयोग गरिने एन्टिवायोटिक लगायत विषय पर्ने निर्देशक बानियाँले बताए । 

यस्ता कार्यशाला गोष्ठीले क्षमतामा वृद्धि विकास भएर बिरामीले राम्रो सेवा सुविधा पाउने निर्देशक बानियाँले बताए । 

Last modified on 2017-06-18 17:33:18

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts