बेथु साग खानुका फाइदा
सागसब्जीमा बेथु एक प्रकारको तरकारी को छुट्टै स्थान छ । दुनियाँ भरका मानिस यसको उपयोग तरकारी र खानाका साथै स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ । बेथु साग नियमित सेवन गर्दा खोकी लााग्ने समस्या र पित्तको नाश गर्छ । यसले पेटमा हुने समस्या समाधान गर्न सहयोग गर्छ ।
बेथुको तरकारी नियमित सेवन गरेमा बाथ, युरिक एसिड, रगत र छालामा देखिने विकार टाढा हुन्छ । सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएक सबै प्रकारका विषहरुको निवारण गर्नु हो । यसकारण यसलाई विष शोषन सागको नाम दिइएको छ । यसको डाँठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि एकदमै उत्तम मानिन्छ ।
औषधिका रुपमा बेथुका पञ्चाङ्ग अर्थात पाँच अंग जरा, डाँठ, पात, फल र फूललाई प्रयोग गरिन्छ । यसको डाँठ र पातमा प्रोटिन, खनिज, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ । छालामा देखा पर्ने जुनसुकै रोगमा यसको पात पिसेर लेप लगाउँदा ठिक हुन्छ । शरीरमा यदि कतै पनि रगत बगिरहेको छ र रोकिएको छैन भने रातो पात भएको बेथुको जरालाई पिसेर पिएमा रगत बग्न रोकिन्छ ।
पाठेघर होस वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवती महिलाको रगत बग्ने समस्या भए बेथु सागको जरा पिसेको रस पिएमा गर्भ पतनबाट बच्न सकिन्छ । जसलाई गर्भ खस्ने समस्या छ ती महिलाहरुले मासिक रजस्वलाको समयमा हरेक दिन बेथुको जरा पिसेर चामलको पानीसँग पिउँदा ठिक हुन्छ ।
पिलो, डण्डिफोर र दागमा बेथुका पातहरुको लेप बनाएर लगाउँदा चाँडै पाकेर फुट्छ । दुखेको ठाउँमा यसको लेप लगाउँदा कम हुन्छ । बेथुको सागमा रहेको फाइबर र फिटोन्युट्रिएन्ट्सले रक्तचापलाई कम गर्छ । जसले कोलेस्ट्रल, दुखाई र रक्तचापसँग प्रभावकारी ढंगबाट लड्छ । बेथुको जरा, पात र दाना सबै प्रयोग गरिन्छ । यसका पाता र दानामा प्रोटिन, भिटामिन ए र सी प्रचुर मात्रामा हुन्छ ।
बेथुको साग प्रयोग गर्दा एनिमिया रोगसँग लड्ने मद्धत पुग्छ । यसको सेवनबाट शरीरमा रगतको कमीलाई हटाउँछ । शरीरमा रगतको कमी हुन नदिन बेथुको सुप झोलको रुपमा प्रयोग गर्न सकिन्छ । बेथुले शरीरमा रहेको एन्टिअक्सिडेट कोसिकाहरुलाई क्षतिग्रस्त हुनबाट बचाउँछ । जसले क्यान्सर रोक्न मद्दत गर्छ ।
दिसा वा पिसाव गर्दा रगत आउने समस्या भए बेथुको सागको सर्वत खाए यसको रोगथाम गर्न सकिन्छ । यसको नियमित सेवन गर्दा मानव शरीरमा रहेको रोग प्रतिरक्षा गर्ने क्षमतालाई बलियो बनाउँछ । बेथुको साग नियमित सेवन गर्दा पिसाव पोल्न समस्या कम गर्न सकिन्छ ।
एजेन्सीको सहयोगमा