क्लिनिकल प्याथोलोजिस्ट एसोसिएसनमा डा शैलेश



Download our app to get more features

काठमाडौँ, १४ चैत । क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संस्था ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ (एसिपिएन) को नयाँ अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा शैलेश प्रधान निर्वाचित भएका छन् ।  

उनी नेपाल चिकित्सक सङ्घका केन्द्रीय सदस्य एवम् काठमाडौँ मेडिकल कलेजको प्याथालोजी विभागका प्रमुख छन् । एसिपिएनको आइतबार सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनले डा प्रधानको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमितिसमेत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डा रुना झा, महासचिवमा डा सुजन शर्मा, सहसचिवमा डा राकेश पाठक र कोषाध्यक्षमा डा करिष्मा मल्ल निर्वाचित भएको एसिपिएनले जनाएको छ । 

यसैगरी कार्यसमितिको सदस्यहरुमा डा विदुर वस्ती, डा निहारिका शाह, डा रोजन घिमिरे, डा श्रीया श्रीवास्तव, डा रेखा मानन्धर र डा सुमिदा तिवारी रहेका छन् । नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा हरिगोविन्द श्रेष्ठले सम्मान गरेका थिए ।  कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा गोपी अर्यालले अङ्कोलोजिस्ट र रेडियोलोजिस्टबीच समन्वय गर्नुपर्ने खाँचो औँल्याए ।  

संस्थाका संस्थापक डा हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले सरकारले यसलाई प्राथमिकता दिन माग गरे । नवनिर्वाचित अध्यक्ष डा प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने बताए । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य रहेका छन् । रासस 
 

Last modified on 2017-06-19 12:29:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts