गर्भनिरोधक चक्कीको सेवनले घटाउँछ क्यान्सरको खतरा !
गर्भनिरोधक चक्कीको सेवनले हुने फाइदा र बेफाइदाहरुका बारेमा हामी सबैले सुने पढेका छौँ । तर, अब गर्भनिरोध चक्कीको सेवनले भने क्यान्सरको खतरालाई पनि कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने तथ्य सार्वजनिक भएको छ । हालै गरिएको एक नयाँ अध्ययनका अनुसार ‘गर्भनिरोधक’ चक्कीको सेवनले क्यान्सर हुने खतरा कम हुन्छ ।
तपाईँपनि जान्नुस गर्भनिरोधक चक्की सेवनको परिणाम ...
लण्डनको एबरडीन यूनिभर्सिटीका अनुसार गर्भनिरोधक चक्कीको नियमित सेवनले क्यान्सर हुने खतरा कम हँदै जान्छ । ४० वर्ष सम्म गरिएको यस अध्ययनमा वैज्ञानिकहरुले गर्भनिरोधक चक्कीले स्त्रीको शरीरमा कस्तो असर हुन्छ भन्ने जान्ने प्रयास गरेका थिए ।
अध्ययनमा आएको परिणाम अनुसार गर्भनिरोधक चक्कीको सेवनले ओवेरियन क्यान्सरको खतरा कम हुन्छ । गर्भाश्य सँग सम्बन्धीत सबै प्रकारका क्यान्सरको खतरालाई यसमा समावेश गरिएको छ । त्यतिमात्र नभई , रिसर्चमा गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलाहरुमा स्तन क्यान्सर पनि कम हुने गरेको पाइयो । अध्ययनमा भनिएको छ, क्यान्सरको दृष्टिकोणले हेर्ने हो भने गर्भनिरोधक चक्की धेरै नै सुरक्षित छ ।
क्यान्सरबाट कसरी बचाउँछ गर्भनिरोधक चक्कीले ?
अध्ययनकर्ताका अनुसार महिलामा क्यान्सर हुने प्रमुख कारण उनको हर्मोन हुन्छ । जबकी गर्भनिरोधक चक्कीमा ‘अस्ट्रोजन हर्मोन’ को सानो डोज हुन्छ, र यसले ‘ब्रेस्ट’ र ‘सर्वाइकल क्यान्सर’ सँग सम्बन्धीत हुन्छ, त्यसैले केहि अध्ययनमा भनिएको थियो कि गर्भनिरोधक चक्कीको सेवनले क्यान्सर हुने खतरा हुन सक्छ । तर, गर्भनिरोधक चक्कीमा ‘प्रोजेटेरोन’ नामक हर्मोन पनि हुने गर्छ, जसले गर्भाशयमा हुने क्यान्सरबाट जोगाउने काम गर्छ । त्यसैले लामो समयसम्म गर्भनिरोधक चक्कीको सेवनले क्यान्सरको खतरा कम हुन्छ ।
उसो अध्ययनकर्ताहरुले अन्त्यमा भनेका छन्, कुनै पनि औषधि बिना साइडेफेक्टको हुँदैन त्यसैले लामो समयसम्म कुनै पनि औषधिको सेवन जोखिमपूर्ण हुन सक्छ ।
(एजेन्सीको सहयोगमा)
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>