मुटुरोगी घटाउने अभियान चलाइने  



Download our app to get more features

काठमाडौं, १३ चैत । फेरिदो जीवनशैलीका कारण मुटु रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै सरोकारवालाले चेतनामुलक अभियान चलाउने बताएका छन् । 

रोगी भएर आएकालाई उपचार गराउनेतर्फ मात्रै ध्यान दिनुभन्दा रोगीको संख्या न्युन गर्ने तर्फ पनि उत्तिकै ध्यान दिनुपर्नेमा मुटुरोग विशेषज्ञहरुले जोड दिएका छन् । नेपाल हृदय रोग निवारण प्रतिष्ठान काठमाण्डौको २३ औं साधारण सभामा बोल्दै मुटु रोग विषेशज्ञ तथा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा वरिष्ठ मुटुरोग विषेशज्ञ डा प्रकाशराज रेग्मीले स्वास्थ्यमन्त्री गगनकुमार थापा आएपछि स्वास्थ्य क्षेत्रमा चामत्कारिक सुधार भएको बताउँदै रोगीहरुलाई उपचारमा निःशुल्क तथा सहुलियतको व्यवस्थासँगै रोगबाट बच्न सिकाउने अभियान सरकारले नै चलाउनु पर्ने आवश्यक्ता औंल्याए । 

गंगालाल राष्टिय हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले मुटु्रोगीको संख्या अघिल्ला बर्षहरुमा भन्दा अहिले बढ्दै गएकाले चेतनामूलक अभियानलाई तीव्रता दिनुपर्ने बताए । कार्यक्रममा मुटु बचाउने अभियानका लागिपरेका विभिन्न अभियान्ताहरुलाई सम्मानपनि गरिएको प्रतिष्ठानकी सदस्य अम्बीका भण्डारीले जानकारी दिनुभयो । 
 

Last modified on 2017-06-19 12:56:03

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts