दीक्षाको डाक्टर बन्ने सपना स्वर्गद्वारी दुर्घटनाले चुँडायो



Download our app to get more features

काठमाण्डौं, १२ चैत । शुक्रबार प्युठानमा भएको जिप दुर्घटनामा परी एमबीबीएस अध्ययनरत दिक्षा बस्नेतको ज्यान गएको छ ।

सबै परिवारका साथ स्वर्गद्धारी दर्शन गर्न जाने क्रममा स्वर्गद्धारी नजिक जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा दिक्षाको बुबा, आमा र बहिनीको समेत मृत्यु भएको छ ।

दीक्षा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस्मा एमबीबीएस अध्ययन गरिरहेकी कलेजका प्रशासन प्रमुख हिमनाथ घिमिरेले बताए । उनी तेस्रो वर्षको परीक्षा दिएर बिदा मनाउन घर गएकी थिएन् । यसै क्रममा परिवारका साथ स्वर्गद्धारी दर्शन गर्न गएकी थिइन् । पढाईमा अब्बल रहेकी दीक्षा सरकारी कोटाबाट नाम निकाली एमबीबीएस अध्ययन गर्दै आएकी थिइन् । उनको स्थायी घर ललितपुरको तिखिदेवल हो ।

Last modified on 2017-06-19 13:08:38

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

2 Comments

  1. Euta dukhad samachar


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts