औषधि प्रतिरोधी क्षयरोगी नियन्त्रणमा चुनौति



Download our app to get more features

काठमाण्डौं, ११ चैत । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय क्षयरोग केन्द्रले नेपालमा दैनिक कम्तिमा १२ जनाले क्षयरोगका कारण ज्यान गुमाउनुपर्ने अवस्था बताएको छ ।

विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राजधानीमा पत्रकार सम्मेलन गर्दै केन्द्रले क्षयरोगका कारण देनिक १२ जनाले ज्यान गुमाउनु परेको आंकडा प्रस्तुत गरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक ४३ हजार मानिसलाई क्षयरोग संक्रमण हुन्छ । तर राष्ट्रिय क्षयरोग केन्द्रको आंकडा अनुसार गत आर्थिक वर्षमा ३२ हजार ३ सय ७९ जनामात्र क्षयरोगीको निदान र उपचार भएको छ । केन्द्रका अनुसार अझै वर्षेनी ९ हजार क्षयरोगीलाई उपचारका पहुँचमा ल्याउन सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म क्षयरोग मुक्त संसार बनाउने लक्ष्य लिएपनि औषधि प्रतिरोधी क्षयरोगी नियन्त्रणमा नयाँ चुनौति थपिएको छ । विभिन्न व्याक्टेरीया म्युटेसन भएर औषधि सेवन गर्नु पर्ने क्षयरोगीलाई औषधि प्रतिरोधी क्षयरोग भनिने छाती रोग विशेषज्ञ डा. प्रमोद कुमार भट्टराईले बताए । उनका अनुसार औषधि प्रतिरोधी क्षमता विकास भएका क्षयरोगीको उपचार तुलनात्मक रुपमा महंगो हुने र निको पार्नका लागि २० देखि ३० महिना औषधि खुवाउनु पर्ने हुन्छ ।

नेपालमा सन् २००५ देखि औषधि प्रतिरोधी क्षयरोगीलाई औषधि खुवाउन सुरु गरिएको हो । डा. भट्टराईका अनुसार हालसम्म २५ सयलाई यस औषधिको सेवनबाट निको भइसकेको छ ।

लामो समयसम्म औषधि सेवन गर्नुपर्ने भएकाले नियमित औषधि सेवन नगरेका कारण पनि यसको नियन्त्रणमा चुनौती थपिएको डा. भट्टराईले बताए । साथै नेपालमा यस्ता क्षयरोगीको निदानका लागि प्रयोगशालाको समस्या रहेको छ । हाल नेपालमा दुईवटा मात्र प्रयोगशाला रहेको छ । जसले मेचीदेखि महाकालीका जनताको पहुँच कम रहेको डा. भट्टराईले बताए ।

चाडो भन्दा चाडो क्षयरोग रोग निदानका लागि नयाँ प्रविधि जीन एक्सपर्ट ३१ स्थानबाट सेवा सुरु गरीएको डा. भट्टराइले जानकारी दिए । यो क्षयरोग परीक्षणका अत्याधुनिक प्रविधि हो । यस सेवालाई सबै जनताको पहुँचमा पुर्याउने पर्नेमा डा. भट्टराईले जोड दिए ।

Last modified on 2017-06-19 13:33:28

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts