सरकारी प्रयासका बाबजुद नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोगी



Download our app to get more features

काठमाण्डौं ११, चैत । ‘क्षयरोग निदानका लागि सबै सङ्गठित होऔँ’ भन्ने मूल नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइदैँछ । दिवसका अवसरमा आज स्वास्थ्य मन्त्रालयले विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।  

क्षयरोग एक प्रकारको सरुवा रोग हो । यो विशेषगरी फोक्सोमा माइको ब्याक्टेरियम ट्युवरक्लोसिस नामक किटाणुले लाग्ने गर्छ । क्षयरोग श्वासप्रश्वास गर्दा हावाको माध्यमबाट सर्ने रोग हो । क्षयरोग फोक्सोमा मात्र नभई शरीरका अन्य अंगहरुमा पनि लाग्ने गर्छ । शरीरका अन्य अंग जस्तै ः मस्तिष्क, मुटुको बाहिरी भाग, पेट, छाला लगायतका भागमा लाग्ने गर्छ । 

क्षयरोग निवारण केन्द्रका मेडिकल अफिसर डा.प्रमोद भट्टराईका अनुसार क्षयरोग निदानका सरकारी प्रयासका बाबजुद पनि नेपालमा वर्षेनी ४६ हजार नयाँ क्षयरोगी पत्ता लाग्ने गरेको छ । क्षयरोगको बढ्दो प्रकोपलाई ध्यान दिँदै सरकारले यसको नियन्त्रण र रोगथामका लागि प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि डट्स उपचार रणनीति सुरु गरेको छ ।  त्यस्तै विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वभर कुल जनसङ्ख्याको ६२ प्रतिशत जनसङ्ख्या कुनै न कुनै प्रकारका क्षयरोगबाट ग्रसित रहेका छन् । 

क्षयरोगका प्रकार 

सामान्यतया क्षयरोगलाई दुई प्रकारमा छुट्याइएको छ । ती हुन् ः 

१. पल्मोनरी क्षयरोग ः यो विशेषगरी फोक्सोमा लाग्ने क्षयरोग हो । यो सर्ने क्षयरोग हो । यसमा खकारमा किटाणु देखिएपछि थाहा हुन्छ कि मानिसमा क्षयरोग लागेको छ ।

२. एक्स्ट्रा पल्मोनरी क्षयरोग ः यो विशेषगरी शरीरका अन्य भागमा लाग्ने हो । यसमा किटाणु नदेखिएपनि क्षयरोगका लक्षणहरुको आधारमा थाहा हुन्छ कि मानिसमा क्षयरोग लागेको छ । यो नसर्ने क्षयरोग हो ।

क्षयरोगका लक्षण 

१. खकारमा रगत देखिनु 

२. लगातार खोकी लागीरहनु

३. साँझपख ज्वरो आउनुे

४. दुब्लाउँदै जानु

५. पसिना आउनु

बच्ने उपाय 

हाछ्युँ गर्दा, खोक्दा, सास फेर्दा क्षयरोग सर्ने हुँदा क्षयरोग लागेको व्यक्तिबाट सकेसम्म टाढै बस्ने ।

रोगीसँग बोल्दा नजिकै बस्दा मास्कको प्रयोग गर्ने ।

आमालाई लागेको अवस्थामा बच्चालाई आफू भन्दा छुट्टै बसाउने ÷सुताउने गर्नुपर्छ ।
 

सन्दर्भ ः विश्व क्षयरोग दिवस 
 

Last modified on 2017-06-19 13:35:53

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts