स्वास्थ्य बीमा गरेकाको उपचार गर्न कैलालीमा दुई करोडको नयाँ उपकरण



Download our app to get more features

कैलाली, १० चैत । स्वास्थ्य बीमा गराएका बिरामीको उपचारार्थ सहजीकरण गर्ने उद्देश्यले राष्ट्रिय बीमा परियोजना सहयोग कार्यक्रमले कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी उद्घाटन गर्नुका साथै मेडिकल उपकरण र सामाग्रीहरु हस्तान्तरण गरेको छ । 

कोरियन सहयोग नियोग कोइकाको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको हो । जोशिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा कोइकाका कन्ट्री डेपुटी डाइरेक्टर सिओ चाङ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका अध्यक्ष डा. गुणराज लोहनीले उपकरणहरु अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । 

हस्तान्तरण गरिएको सामाग्रीहरुमा एक्सरे, भिडियो एक्सरे, इसिजी, ल्यावका सामाग्री, डेन्टल चेयर, नाककानघाँटी तथा आँखा उपचारमा आवश्यक सामाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य बीमा कार्यक्रममा सहयोग गर्न बनको राष्ट्रिय बीमा परियोजना सहयोग कार्यक्रममले जोशिपुर लगायत जिल्लाका अन्य तीनवटा प्राथमिक स्वास्थ्य केन्द्रमा पनि सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

चारवटा स्वास्थ्य केन्द्रमा गरेर २ करोड बराबरको उपकरण र सामाग्री हस्तान्तरण गरिएको राष्ट्रिय बीमा परियोजना सहयोग कार्यक्रममका प्रबन्धक पूर्णबहादुर थापाले हाम्रो डक्टरलाई बताए । 

Last modified on 2017-06-19 13:37:25

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts