बिना इजाजत सूर्तिजन्य पदार्थ बेच्ने २५ वटा पसलमा छापा, सूर्तिचुरोट यसरी जलाइयो



Download our app to get more features

काठमाण्डौ, १० चैत । मन्त्रीपरिषद्यको निर्णय अनुसार सूर्तिजन्य पदार्थ बेच्ने अनुमति नलिएका पसलबाट सूर्तिजन्य पदार्थ जफत र नष्ट गर्न थालिएको छ । 

चैत एकदेखि सूर्तिचुरोट बेच्न निश्चित मापदण्ड पूरा गरेर अनुमति लिनुपर्ने नयाँ नियम लगाइएपनि त्यसलाई अटेर गर्ने राजधानीको बानेश्वर र कोटेश्वरका २५ वटा पसलबाट सूर्तिजन्य पदार्थ जफत गरिएको हो । 
काठमाण्डौका सहायक प्रमखु जिल्ला अधिकारी प्रेम लुईँटेलको नेतृत्वमा खटिएको टोलीले बिहीवार अनुगमन गरेको हो । महानगरीय प्रहरी परिसर, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौका अधिकारी सम्मिलित टोलीले खुद्रा पसलदेखि किराना र नांग्लो पसलबाट समेत सूर्तिजन्य पदार्थ जफत गर्नुका साथै इजाजत बिना नबेच्न पसलधनीहरुलाई चेतावनी दिएको हो । 

नयाँ नियमका बारेमा आमसञ्चारका माध्यम, माइकिंग तथा पर्चा वितरण गर्दापनि अटेर गर्ने पसलहरुलाई अनुगमन गरी कानुनी दायरामा ल्याउने सहायक प्रमुख जिल्ला अधिकारी लुइँटेललेले हाम्रो डक्टरलाई जानकारी दिए ।त्यस्तै अनुगमनका क्रममा नेपाली नियम अनुसार ९० प्रतिशत चेतावनीमूलक सन्देश नभएका विदेशी ब्राण्डका चुरोट तथा सूर्तिहरु पनि बेचिएको पाइएकाले त्यसलाईपनि नष्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरीक्षक ध्रुवकुमार अधिकारीले बताए । उनले अनुगमन निरन्तर हुने पनि दावी गरे । 

सरकारले चैत १ देखि लागू हुने गरी सूर्तिचुरोट बेच्न छुट्टै इजाजत लिुनपर्ने, इजाजत लिएको जानकारी देखिने गरी पसलमा राखिनुपर्ने, १८ वर्षभन्दा मुनी र गर्भवति महिलालाई बेच्न नपाइने लगायत मापदण्ड राखेको छ ।

Last modified on 2017-06-19 13:38:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts