मेरिस्टोपले सुरु गर्यो परिवार नियोजन गराउने ‘मोबाइल भ्यान’



Download our app to get more features

काठमाण्डौ, १० चैत । ग्रामीण क्षेत्रमा परिवार नियोजनको सम्पूर्ण सेवा दिने भन्दै मेरी स्टोप नेपालले च्वाइस भ्यान सञ्चालनमा ल्याएको छ । 

बुधबार नुवाकोटमा स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले आयोजना गरेको एक दिने प्रजनन् स्वास्थ्य सम्बन्धी सम्पूर्ण परिक्षण शिविरबाट उक्त भ्यानको शुभारम्भ गरिएको छ । 

उक्त भ्यानको परिवार स्वास्थ्य महाशाखाका प्रमुख डा. नरेश प्रताप केसीले बुधबार नै उद्घाटन गरे । 

नेपाल सरकारसँग सहकार्य गरेर स्वास्थ्य सेवाको पहुँच कम भएको स्थानमा गएर सेवा दिने मेरी स्टोप नेपालका नीतिगत सल्लाहकार केपी उपाध्यायले बताए । उनका अनुसार नेपालभर सम्बन्धीत क्षेत्रको स्वास्थ्य चौकी वा त्यस क्षेत्रमा रहेको स्वास्थ्य संस्थासँग सहकार्य गरेर क्याम्पका रुपमा प्रजनन् स्वास्थ्य सेवा दिइने छ । 

भ्यान भित्र परामर्श कक्ष, शल्यकक्ष रहेको छ । नेपालको कुनै पनि स्थानमा भ्यान लगेर सेवा दिन सकिए मेरी स्टोपले जानकारी दिएको छ । 

यसबाट परिवार नियोजनका सम्पूर्ण सेवा दिइने उपाध्यायले बताए । जस्तै परिवार नियोजन सम्बन्धी परामर्श, भ्यासेक्टोमी, मिनिल्याव, इनप्लान्ट, आईयुसीडी जस्ता सेवा दिइने छ । तर, यसबाट गर्भपतनका सेवा भने नदिने उपाध्यायले बताए । आफ्नो इच्छा अनुसार सेवा लिन पाइने हुँदा उक्त भ्यानको नाम च्वाइस बस दिइएको छ । 

यसबाट दिने सम्पूर्ण प्रजनन् स्वास्थ्य सेवा निःशुल्क हुने छ । उक्त भ्यानबाट बुधबार नुवाकोटमा ५ जनाको भ्यासेक्टोमि गरिएको थियो ।

Last modified on 2017-06-19 13:40:45

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. परिवार नियोजनका सम्पूर्ण सेवा दिइने परिवार नियोजन सम्बन्धी परामर्श, भ्यासेक्टोमी, मिनिल्याव, इनप्लान्ट, आईयुसीडी जस्ता सेवा दिइने छ । तर, यस सेवा बाट दिने सम्पूर्ण प्रजनन् स्वास्थ्य सेवा निःशुल्क हुने Thanks for New concept SPN/MSI Management & GOV of Nepal Health Ministry


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts