फिजिमा डेङ्गु विरुद्ध राष्ट्रिय अभियान सुरु
सुभा (फिजि), १० चैत । फिजिमा डेङगु विरुद्ध राष्ट्रिय अभियान सुरु गरिएको छ । स्वास्थ्य र औषधि सेवासम्बन्धी मन्त्री रोसी अकवरले बुधबार राष्ट्रिय अभियान सुरु भएको जानकारी दिए ।
उनले संसदमा बोल्दै भने, “स्वास्थ्यकर्मीहरूको टोली डेङ्गुप्रभावित क्षेत्रमा लगातार खटिएको छ, समुदायलाई आवश्यक भएजति सबै सेवा दिन हाम्रो टोली तयार छ । हामीले लामुखट्टेको टोकाईबाट बच्न आम नागरिकलाई आह्वान गरेका छौं, लामखुट्टे मार्ने अभियान पनि सँगसँगै भइरहेको छ ।”
उनले अभियान चलिरहेका बेला नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गर्न पनि सबैलाई आह्वान गरेका छन् ।
विगत १५ वर्षदेखि हरेक पाँच÷पाँच वर्षको अन्तरालमा फिजीमा यस्तो अभियान सञ्चालन गर्ने गरिएको उनले बताए ।
डेङ्गुको सङ्क्रमण हुन नदिनेतर्फ सतर्क नहुँदासम्म डेङ्गुको सङ्क्रमण नियन्त्रण हुन नसक्ने भएकाले त्यसतर्फ सतर्क हुन पनि उनले सबैलाई आग्रह गरेका छन् ।
फिजीमा सन् २०१७ को पहिलो दुई महिनामा मात्रै १५० जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । रासस
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>