स्वास्थ्य मन्त्रालय अब सामाजिक विकास मन्त्रालयमा गाभिने



Download our app to get more features

काठमाण्डौ, ९ चैत । केन्द्र, प्रदेश र स्थानीय तहमा रहने संरचनाको प्रारम्भिक खाका बनाउन भन्दै बनेको उच्चस्तरीय कार्यदल अन्तर्गतको उपसमितिले सामाजिक विकास मन्त्रालयमा अहिले भएको स्वास्थ्य मन्त्रालय गाभिने गरि नयाँ प्रस्ताव गरेको छ । 

उपसमितिको प्रस्ताव अनुसार सामाजिक विकास मन्त्रालय लगायत १४ वटामात्र केन्द्रीय मन्त्रालय रहने छ । स्वास्थ्य मन्त्रालयलाई खारेज गरेर प्रमुख तीन मन्त्रालयलाई गाभेर सामाजिक विकास मन्त्रालय बनाउने नया प्रस्ताव गरिएको हो । 
स्वास्थ्य मन्त्रालय र जनसंख्या मन्त्रालयलाई मिलाएर अहिलेको संस्कृति, पयर्टन र नागरिक उड्डयन मन्त्रालय मध्ये संस्कृतिलाई पनि गाभेर सामाजिक विकास मन्त्रालय बनाइने नयाँ प्रस्तावमा उल्लेख छ ।
संविधान कार्यान्वयन भएसँगै अहिले भएका अधिकांश मन्त्रालय खारेज हुने भएको छ ।  जसअन्तर्गत अब केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित अन्य १४ वटामात्र मन्त्रालय रहने प्रस्ताव तयार भएको छ ।

Last modified on 2017-06-19 15:02:51

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts