१२ किलो तौल भएका शिक्षकलाई गिनिज बूकमा नाम लेखाउन सरकारले सहयोग गर्ने
चैत ९, काठमाडौं । संसारको सबैभन्दा कम तौल र उचाई भएको शिक्षकका रुपमा ‘गिनिज बुक’मा नाम लेखाउन पहल थाल्नुभएका अर्घाखाचीका कृष्णप्रसाद पौडेलको स्वास्थ्य उपचारमा सरकारले सहयोग गर्ने भएको छ ।
बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका पौडेलको उपचार तथा गिनिज बुकमा नाम लेखाउन सरकारको तर्फवाट सहयोग गर्ने प्रधानमन्त्रीले विश्वास दिलाए ।
साथै, प्रधानमन्त्रीले पौडेलको जिविकोपार्जनका लागिसमेत सरकारले आवश्यक सहयोग गर्ने बताए । पौडेलको विशेष क्षमता भएको र उनको योगदानको सरकारका तर्फवाट उचित सम्मान हुने प्रधानमन्त्रीले बताए ।
अर्घाखाची जिल्लाको ठूलापोखरा २ रोहोटेपानी निवासी पौडेलले भगवती निमावि ठुलापोखरा२, रोटेपानीमा विद्यालय स्थापना गरी निरन्तर ४२ वर्षसम्म शिक्षण गरेका छन्। शारीरिकरुपमा अशक्त भएपनि फरक क्षमता भएका पौडल हाल भोजन नली र अन्य शारिरिक स्वास्थ्य समस्या भएपछि राजधानीमा उपचाररत हुनुहुन्छ ।
१२ किलो तौल भएका पौडेल ६३ बर्षका छन्।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।