अनुहार र छालालाई अझ सुन्दर बनाउन अपनाउनुहोस् यस्ता उपाय...



Download our app to get more features

सुन्दर बन्ने चाहाना सबैमा हुन्छ । सौन्दर्यलाई रक्षा गर्न उमेरको कुनै बन्देज हुँदैन । किशोरावस्थादेखि नै सही तरिकाले आफ्नो छालाको स्याहार गर्न सकेमा पछिसम्म छालालाई कान्तिमय राख्न सकिन्छ ।  
अनुहारमा हुने समस्याबाट बच्ने उपाय

  • अनुहार सफा राख्ने: दिनमा २ पटक पानी र तैलीय स्वभावको छालाका लागि बनेका साबुनको प्रयोग गर्ने । 
  • अनुहारमा स्क्रबको प्रयोग गर्ने: स्क्रब लगाएर हल्का गोलगोल मसाज गर्ने, जसले गर्दा मृतछाला निस्कन्छ र छालालाई ताजा बनाउँछ ।
  • अनुहारलाई चिसो पानीले सेक्ने : अनुहारलाई चिसो पानीले सेक्ने गर्नुपर्छ । यसले तैलीय ग्रन्थिको सक्रियतालाई नियन्त्रण गर्छ । साथै रोमछिद्रलाई कस्न  मद्दत पु¥याउँछ । 
  • तातो बाफले सेक्ने: २ मिनेट जति अनुहारमा तातो बाफ लिने गर्नुपर्दछ, जसले गर्दा रक्तसञ्चारमा वृद्धि भई संक्रमण हुन दिँदैन र रोमछिद्रलाई खुल्ला बनाइदिन्छ 
  • फेस प्याक लगाउने: फेस प्याक लगाउ“दा सुकेपछि अनुहारलाई कसेर समात्ने गर्छ, जसले अनुहारमा भएका मृतकोषहरू बाहिर निस्कन्छन् ।
  • सनस्क्रिनको प्रयोग गर्ने: तैलीय, डन्डिफोर, फिल, चायायुक्त सबै प्रकारका छालालाई सूर्यको किरण र दुषित वातावरणबाट बचाउन सनस्क्रिनको आवश्यकता पर्ने गर्दछ ।
  •  नियमित व्यायाम गर्ने: व्यायामले पसिनाको रूपमा शरीरभित्र रहेका दूषित पदार्थलाई बाहिर निकाल्ने गर्दछ । 

यसका अतिरिक्त निम्न कुरामा ध्यान दिन सके छालालाई कोमल र कान्तिमय बनाउन सकिन्छ ।

  • प्रशस्त मात्रामा पानी पिउने ।
  • ताजा फलपूmल सागसब्जीको बढी मात्रामा सेवन गर्ने ।
  • धुवाँ–धुलोबाट बचेर हिँड्ने ।
  • तनावमुक्त वातावरणमा बस्ने ।
  • सकारात्मक सोचविचार राख्ने ।
Last modified on 2017-06-19 15:05:54

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts