नक्कली आरोपित डा. बुद्धिमान श्रेष्ठले पाए सफाई



Download our app to get more features

काठमाण्डौ, ८ चैत । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा अध्ययन गरि ठगी गरेको आरोप लागेका कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालका सञ्चालक डा बुद्धिमान श्रेष्ठले सफाई पाएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अप्रेशन क्वाक अन्तरगत गत श्रावणको पहिलो साता एकैपटक बिभिन्न ठाउबाट नक्कली शैक्षिप्रमाणपत्र भएको भन्दै ३६ जना चिकित्सकलाई पक्राउ गरेको थियो ।

ति चिकित्सकहरुमध्ये कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटलका डाक्टर बुद्धिमान श्रेष्ठ पनि परेका थिए । सीआईवीले त्यस लगत्तै डा श्रेष्ठ सहितका केही चिकित्सकलाई काठमाडाँै जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । तर आरोप कसुर गर्ने प्रमाण नभएको भन्दै सफाई दिएको हो । स्याङ्जा घर भएका श्रेष्ठले आठ महिनापछि मगंलबार काठमाडाँै जिल्ला अदालतबाट सफाई पाएपछि सत्यको सधै जित हुने कुरा पुष्टि भएको बताए । सफाई पाएपछि हाम्रो डाक्टरसँग कुरा गर्दै डा. श्रेष्ठले भने, ‘ढिलै भएपनि सत्यको नै जित भएको छ, नियोजित रुपमा फसाउन खोज्नेहरुका योजना आज आएर बिफल भएको छ म एकदम खुसी छु ।’

डा. श्रेष्ठको पक्षमा बरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकृष्ण खरेल, नारायणहरि अधिकारी लगायतले बहस गरेका थिए । न्यायधीश सुर्यप्रसाद पराजुलीको एकल इजलासले श्रेष्ठ माथि लागेको अभियोगमा सफाई दिएको हो ।

Last modified on 2017-06-19 15:31:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts