रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा
जाजरकोट, ८ चैत । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ ।
दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताए।
बहुलाएको कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन । भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ । रासस
Last modified on 2017-06-19 15:32:55
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>