आयुर्वेदिक उपचार पिनासका लागि प्रभावकारी (भिडियो सहित)
धेरैलाई पिनासको समस्या छ । पिनासको प्रभावकारी उपचार भएन भनेर गुनासो गर्नेको संख्या उल्लेख्य पाइन्छ । यद्यपी पिनासको उपचार आयुर्वेदिक पद्धतिबाट सहज र सुलभ हुन्छ भन्नेहरु पनि कम छैनन् । पिनास किन लाग्छ ? र, यसबाट बच्न के गर्ने ? आयुर्वेदिक पञ्चकर्म विशेषज्ञ डाक्टर नवीन बास्तोलाको सुझाव यस्तो छ :
पिनासलाई साईनस् साइटोसिस् भनिन्छ । नाक वरपरको भागमा रहेका क्याबिटी वा खाल्टालाई साइनस् भनिन्छ । विविध कारणले यही साइनस् सुनियो वा यसमा संक्रमण भयो भने पिनास हुन्छ ।
आयुर्वेदिक पद्धति अनुसार हरेक रोग लाग्ने मूख्य कारण भनेकै पेट हो । अर्थात खानपानमा असावधानी अपनाउनु नै रोगलाई निम्तो दिनु हो । खानपानमा सचेत भएपनि दुषित परिवेशमा बस्दा पिनास हुन्छ ।
पिनास लाग्ने मूख्य कारण:
१.प्रदुषित वातावरण ।
२.चिसो खानेकुरा खाँदा नाक वरपरका नलीहरु जाम भएर सुनिने वा नाक बन्द हुन्छ , जसले गर्दा पिनास हुन्छ ।
३.बढी चिल्लो वा पिरो खानु ।
३.वंशाणुगत गुण ।
पिनासका लक्षणहरु:
१.नाक बन्द हुने ।
२.टाउको दुख्ने धेरेैलाई अगाडिको भाग दुख्छ ।
३.अल्छी लाग्ने ।
४.आलस्य हुने ।
५.नाकबाट बाक्लो सिँगान बग्ने । कसैकसैमा सिँगानसँगै रगत पनि आउँछ ।
६. नाकबाट सास फेर्न अप्ठ्यारो हुने ।
७. बास्ना थाहा नहुने वा सुँघ्ने शक्ति कम हुने ।
पिनास चिसोको समयमा बढी हुन्छ । चिसोले टाउको दुख्ने वा पिनास बढ्ने सम्भावना प्रवल रहन्छ ।
पिनासबाट बच्ने उपाय:
पिनास लाग्ने प्रमुख कारण नै चिसो खानपान र अस्वस्थ वातावरण भएकाले सदैव यस्ता कुरामा सावधानी अपनाउनु पर्छ । जस्तैः
१.सम्भव भएसम्म सफा र स्वच्छ वातवरणमा बस्ने ।
२.बढी चिसो खानेकुरा नखाने । (बेलुका सुत्नुअघि दही,फलफूल दुध नखाएको राम्रो । यदि दुध खानु परे थोरै बेसार मिसाएर खाँदा चिसो लाग्दैन ।)
पिनासको आयुर्वेदिक उपचारः
आयुर्वेदमा पिनासको दुई प्रकारले उपचार गरिन्छ:
१.औषधि खाने ।
२.शुद्धिकरण गर्ने विधि ।
शुद्धिकरण गर्ने विधि पिनासको लागि निकै प्रभावकारी उपचार पद्धति हो । पञ्चकर्म अन्तर्गत पर्ने नस्यकर्मद्धारा पिनासको उपचार गर्नु सबैभन्दा राम्रो हो ।
यसमा सातदिनसम्म उपचार गरिन्छ । जसअन्तर्गत अनुहारमा मसाज गर्ने र अनुहार सेकाउने , जसले गर्दा भित्र भएका फोहोरहरु बिस्तारै बाहिर आउँछ । त्यसपछि नाकबाट डप्र्स हालिन्छ र पुनः अनुहारमा मसाज र सुकाउने काम गरिन्छ र अन्ततः भित्रका सबै बिकारहरु बाहिरिएर पिनास हट्छ ।
पिनासको समयमै उपचार नगरे यस्ता समस्या थपिन सक्छ:
१.श्वासप्रस्वाशमा समस्या ।
२.दम हुने ।
३.फोक्सोमा समस्या ।
४.नाक बांगिने ।
भिडियो हेर्नुस् ।
2 Comments
-
डा. मलाई पिनासको समस्या छ।उपचार होमीयो र एलोप्याथिक पनि गराए ।सल्लाहअनुसार परेजमा पनि छु ।तर पनि औषघी सेवनभरि राम्रो हुन्छ किनहोला ।हजुरको पूर्वतिरपनि उपचारको व्यवस्था छ जानकारी पाउ
-
I am suffering from pinus. Yesterday Doctor (Dhangadi) told me that I have to go India for operation. Is there another way to cre pinus without operation?
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>