११ वर्षकी बालिका आमा बन्दै
लण्डनमा ११ वर्षकी एक बालिका चाँडै नै आमा बन्ने भएकी छिन् । उनी लण्डनकी सबै भन्दा कम उमेरमा आमा बन्ने बालिका भनेर चिनिन थालेकी छिन् । त्यहाँका अधिकारीहरुका अनुसार बच्चाको बुबा पनि नाबालिग छ र बन्ने आमाभन्दा केहिवर्षको मात्र जेठो छ ।
गोप्य राखिएको छ आमाको पहिचान
शुक्रवारको समाचार पत्र, गार्जियनमा प्रकाशित भएको खबर अनुसार कानूनी बाध्यताका कारण गर्भवतीसँग सम्बन्धीत पहिचानहरु गोप्य राखिएको छ ।
वर्तमानको सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका
यसअघि एक बालिका जो १२ वर्षकी थिइन् उनले सन् २०१४ मा एक बच्चालाई जन्म दिएकी थिईन् । तर, अहिलेकी यि बालिका वर्तमानमा लण्डनमा सबैभन्दा कम उमेरमा आमा बन्ने बालिका भएकी छिन् ।
यूरोपमा बढ्दो समस्या
संख्याका अनुसार, लण्डन पछिल्लो एक दशकमा किशोरावस्थामा गर्भाधानको मामिलामा तिव्र गतिमा गिरावट ल्याउनमा सफल भएको छ । त्यहि पश्चिमी यूरोपमा यो स्थिति अहिले पनि सबैभन्दा बढी छ । किशोरीहरु प्रेगनेन्ट हुने सम्बन्धमा लण्डन पुरै यूरोपमा ६७ औँ नम्बरमा छ । यस सम्बन्धमा रोमानिया, बुल्गारिया, स्लोवेकिया, हंगेरी र माल्टा लण्डनभन्दा अगाडी छन् ।
(एजेन्सी)
1 Comments
-
Ramro 6 but hamro Nepal ma 12 years OK KT kina hudina hola sir
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>