क्षयरोग संस्थाको अध्यक्षमा पुनः प्रधान
विराटनगर, ६ चैत । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान पुनः निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न १० औँ केन्द्रीय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भएको भए पनि अन्य पदमा निर्वाचन प्रक्रियाद्वारा छनोट गरिएको हो ।
जस अनुसार १६ सदस्यीय कार्यसमितिमा अम्बिकाप्रसाद उपाध्याय, अरुणप्रताप राणा, इन्द्रप्रसाद श्रेष्ठ, वसन्तकुमार नेपाल, बेदप्रसाद काजु, विजयानन्द झा, मदनकाजी श्रेष्ठ, मदनगोपाल मैनाली, राधादेवी मास्के, राजकिशोरप्रसाद यादव, सुदर्शनबहादुर शाक्य, प्रेमराज शाक्य र हिरादेवी शर्मा निर्वाचित भएका छन् ।
सो अधिवेशनमा ३३ जिल्लाका ११९ जना प्रतिनिधि सहभागी भएको प्रचारप्रसार उपसमितिका संयोजक डा सन्देशदास श्रेष्ठले बताए । रासस
Last modified on 2017-06-19 15:42:32
स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।
View Other Stories by Author >>