उच्च कोलेस्ट्रोलका बारेमा थाहा पाउनै पर्ने ७ तथ्य



Download our app to get more features

कोलेस्ट्रोल र ट्राइग्लिसेराइड हरु त्यस्ता चिल्लोयुक्त तत्वहरु हुन् जुन रक्तनलीहरुमा जम्मा हुन्छन् र नलीलाई बन्द गरिदिन्छन् । उच्च कोलेस्ट्रोल भनेको यदि रगतमा चिल्लोपना ५.० mmol/L वा १ सय ९० mg/dl वा सोभन्दा बढी हुनु भन्ने बुझिन्छ । 

कोलेस्ट्रोल राम्रो प्रकारको (high density lipoprotein (HDL) cholesterol) र नराम्रो (bad) प्रकारको (low density lipoproteing (LDL) cholesterol सक्छन् । यसमध्ये LDL चाहिँ यस्तो प्रकारको कोलेस्ट्रोल हो जसले शरीरलाई हानि गर्दछ । 

मानिसको रगतमा चिल्लोयुक्त तत्वहरुको मात्रा बढी शारीरिक तौल वा मोटोपना, मधुमेह, नियमित मदिरापान गर्नाले मिर्गौला वा कलेजो सम्बन्धी रोग र थाइरोइड सम्बन्धी रोगका कारण बढ्ने गर्दछ । गर्भनिरोधका लागि खाने चक्की पिल्स, steroids र beta blockers जस्ता केही औषधिहरुको सेवनले पनि रगतमा चिल्लोयुक्त तत्वहरुको मात्रा बढाउने गर्दछ । 

धेरै बोसोयुक्त खानाको सेवन र बिलासी जीवनशैलीले शरीरमा बोसो (body fats) बढाउन ठूलो योगदान पुर्याउँदछ । धुम्रपानले good cholesterol लाई घटाउने गर्दछ । 

केही बिरामीहरुमा वंशाणुगत रोगहरु हुने गर्दछ जसले गर्दा शरीरमा रहेका बोसो एवं जिल्लो पदार्थहरु अनुचित तवरबाट उत्पादन हुने र परिणाम स्वरुप ती पदार्थहरु थुप्रिने गर्दछन् । त्यस्ता बिरामीहरुमा कम उमेरमै चिल्लोयुक्त तत्वहरु उच्च स्तरमा हुने गरेको पाइन्छ । सामान्यतया त्यस्ता बिरामीका परिवारको इतिहासलाई केलाउने हो भने सोही किसिमको समस्या भएको पाउन सकिन्छ । 

उच्च कोलेस्ट्रोलका कारण मुटु सम्बन्धी रोग (कोरोनरी रक्तनली रोग), उच्च रक्तचाप, मस्तिष्कघात इत्यादी हुनसक्छ । 

जीवनशैली परिवर्तन गर्नुका साथै चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गरेमा यसले रगतमा चिल्लोयुक्त तत्वहरुको स्तर घटाउन मद्दत गर्दछ र साथै मृत्यु निम्त्याउने खालका रोगको विकास हुनसक्ने जोखिमबाट बचाउँछ । 

Last modified on 2017-06-19 15:44:04

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts